Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाली काँग्रेसलाई ३३ बुँदे माग पत्र : हिन्दु राष्ट्र पुनःस्थापना र सुशासनको माग

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ११, २०८२
नेपाली काँग्रेसलाई ३३ बुँदे माग पत्र : हिन्दु राष्ट्र पुनःस्थापना र सुशासनको माग
0
SHARES
106
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – नेपाली काँग्रेस बैतडीको पार्टी कार्यालयमा आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई जिल्ला सभापति चतुर बहादुर चन्दमार्फत ३३ बुँदे माग पत्र बुझाइएको छ। माग पत्रमा सनातन हिन्दु राष्ट्र पुनःस्थापनासहित देश र जनताका समसामयिक मुद्दाहरूलाई समेटिएको छ।

अभियानका संयोजक अमरबहादुर टेरले यो माग पत्र देशभरका जनताको आवाजलाई समेटेर तयार पारिएको बताए। उनले भने, “अब राजनीतिक पार्टीहरूले गम्भीर भएर सोच्ने बेला आएको छ। देश, धर्म र जनताका मागलाई बेवास्ता गर्न सकिँदैन। पार्टीभित्र गहन छलफल गरी गल्तीहरू सच्याएर जनतामाझ युग सुहाउँदो एजेन्डा लिएर जानुपर्छ।” उनले थपे, “हामीले उठाएका यी ३३ बुँदे मागहरू कार्यान्वयन नभएसम्म हाम्रो अभियान निरन्तर जारी रहनेछ। देशभरका नेपाली काँग्रेससँग आबद्ध नेता–कार्यकर्तालाई यी मुद्दामा गम्भीर भएर सोच्न अनुरोध गर्दछु।”

माग पत्रमा सनातन हिन्दु राष्ट्र पुनःस्थापना, प्रदेश संरचना खारेजी, सुधारिएको लोकतन्त्र, पक्षपाती आरक्षण र अनावश्यक भत्ता खारेज, गाँजा खेतीको वैधानिकता, विज्ञान र प्रविधिमा आधारित आध्यात्मिक समाजवाद, स्वदेशी लगानी र उत्पादन, नेपालमै रोजगारीको व्यवस्था, विश्व स्तरीय पर्यटन व्यवसाय, जलविद्युत् उत्पादन, खानी उत्खनन, जडीबुटी प्रशोधन, दिगो विकास, श्री पशुपतिनाथ र काठमाडौँको महत्त्व, नैतिकवान् नेतृत्व, चुस्त सरकारी सेवा, निःशुल्क आधारभूत सेवा, विदेशी ऋणको भार हटाउने, विद्युतीय सवारी साधन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली खारेज, हिन्दु सम्राट् र सनातन बोर्ड गठनजस्ता महत्त्वपूर्ण बुँदाहरू समावेश छन्।

यो माग पत्रले नेपाली काँग्रेसलाई देशको बदलिँदो परिस्थिति र जनताको आकाङ्क्षालाई सम्बोधन गर्न दबाब सिर्जना गरेको छ। अभियानका संयोजक टेरले यी मागहरूले देशमा सुशासन, समृद्धि र सांस्कृतिक पहिचानलाई बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो अभियान केवल माग प्रस्तुत गर्नमा सीमित छैन, यो जनताको चाहनालाई साकार बनाउने सङ्कल्प हो।”

कार्यक्रममा उपस्थित स्थानीय नेता र कार्यकर्ताहरूले यो माग पत्रलाई पार्टीको आगामी रणनीति र नीति निर्माणमा समावेश गर्नुपर्नेमा जोड दिए। नेपाली काँग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दले माग पत्र केन्द्रीय नेतृत्वसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै यी मुद्दाहरूमा गम्भीर छलफलको आवश्यकता रहेको बताए।

माग पत्रले नेपाली काँग्रेसलाई आफ्ना नीति र कार्यक्रमहरू पुनरावलोकन गरी जनताको भावनालाई समेट्ने अवसर प्रदान गरेको छ। अभियानले देशभरका काँग्रेस कार्यकर्ता र नेतृत्वलाई यो माग पत्रमाथि व्यापक बहस र कार्यान्वयनको पहल गर्न आह्वान गरेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी
फ्ल्यास हेडिङ

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण ६० करोड मानिस बिरामी

जेष्ठ २४, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
फ्ल्यास हेडिङ

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुन सक्ने

विपन्नका लागि अस्पतालमा १० प्रतिशत शय्या अनिवार्य, शुल्क लिए अनुमति खारेज हुने

जेष्ठ २८, २०८३
करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

करका दर हेरफेरमा कर्मचारीको त्रुटि रहेको अर्थमन्त्री वाग्ले

जेष्ठ २८, २०८३
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

जेष्ठ २८, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ आज तोलामै ५ हजार १०० रुपैयाँले घट्यो

जेष्ठ २८, २०८३
फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

श्रम कानुनको प्रभावकारी कार्यान्वयनमा जोड, बुटवलमा अन्तरक्रिया सम्पन्न

जेष्ठ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व