शुभमन गिल भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आउँदो जुनमा शुरू हुने इङ्गल्यान्डसँगको पाँच खेलको टेस्ट शृङ्खलाका लागि आज गिलको कप्तानीमा आज टोली घोषणा गरेको हो ।
टोलीका उपकप्तानमा विकेटकीपर ब्याटर ऋषभ पन्त रहेका छन् । इङ्गल्यान्ड भ्रमणका लागि भारतको १८ सदस्यीय टोलीमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शनसम्म अटाउँदा मोहम्मद शमी भने परेका छैनन् ।
रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि गिल कप्तानमा नियुक्त हुनुले भारतीय क्रिकेटमा नयाँ युगको शुरुआत भएको सङ्केत गर्दछ । सन् २०२२ को फेब्रुअरीदेखि भारतको नेतृत्व गरिरहेका रोहितसँगै विराट कोहली र रविचन्द्रन आश्विनले पनि टेस्टबाट बिदा लिएका छन् ।
२५ वर्षीय गिल टेस्टमा भारतको कप्तानी गर्ने पाँचौं कान्छा क्रिकेटर बनेका छन् ।
यस्ताे छ भारतीय टेस्ट टाेली–
शुभमन गिल (कप्तान), यशस्वी जयसवाल, केएल राहुल, ऋषभ पन्त (उपक्तान–विकेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रीत बुमराह, माेहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्णा, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, अर्शदीप सिंह










Discussion about this post