Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त -११ द्वारा क्रिकेटर किरण ठगुन्नालाई सम्मान

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ ३, २०८२
भीमदत्त -११ द्वारा क्रिकेटर किरण ठगुन्नालाई सम्मान
0
SHARES
180
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ ले नेपालको सिनियर क्रिकेट टिममा पहिलो पटक स्थान बनाउन सफल स्थानीय खेलाडी किरण ठगुन्नालाई एक विशेष समारोहबीच सम्मान गरेको छ। शनिबार वडा कार्यालय परिसरमा आयोजित उक्त सम्मान कार्यक्रमले स्थानीय समुदायमा खेलकुदप्रति उत्साह र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाले किरण ठगुन्नालाई मायाको चिनोका रूपमा सम्मानपत्र, दोसल्ला प्रदान गर्दै उनको उज्ज्वल भविष्यको कामना गरे। अध्यक्ष थापाले भने, “हाम्रो वडाका युवा किरण ठगुन्नाले राष्ट्रिय सिनियर क्रिकेट टिममा स्थान बनाएर देशको गहना बनेका छन्। यो उपलब्धि हामी सबैका लागि गौरवको क्षण हो। उनको मेहनत, लगन र प्रतिभाले नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरणा दिनेछ। हामी उनको निरन्तर प्रगति र सफलताको कामना गर्दछौं।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी, युवा, सामाजिक अगुवा र नागरिकहरूको बाक्लो उपस्थिति थियो। उपस्थित सबैले ठगुन्नाको सफलताको प्रशंसा गर्दै उनलाई बधाई र शुभकामना व्यक्त गरे।

सम्मान ग्रहणपछि किरण ठगुन्नाले आफूलाई प्राप्त सम्मानप्रति हार्दिक आभार व्यक्त गरे। उनले भने, “मेरो गाउँ, वडा र समुदायको माया र समर्थनले नै म यहाँसम्म आइपुगेको हुँ। यो सम्मानले मलाई नेपाली क्रिकेटमा अझै धेरै योगदान दिने जिम्मेवारी थपिएको महसुस भएको छ। म सधैं आफ्नो देश र समुदायको नाम राख्ने प्रयास गर्नेछु।” उनले स्थानीय स्तरमा क्रिकेटको विकासका लागि खेल सुविधा र अवसरहरू विस्तार गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले किरणको सम्मानले आफूहरूलाई पनि खेलकुदमा लाग्न प्रेरणा मिलेको बताए।

यो सम्मान समारोहले स्थानीय स्तरमा खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। भीमदत्त नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिंदै स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्ने योजना बनाएको वडा कार्यालयले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व