कञ्चनपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सबीच रोमाञ्चक खेल हुँदैछ। कोलकाताको ऐतिहासिक इडन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे शुरू हुनेछ।
आईपीएलको अङ्क तालिकामा गुजरात टाइटन्स ७ खेलमा ५ जित र २ हारसहित १० अङ्क बोकेर शीर्ष स्थानमा छ। अर्कोतर्फ, कोलकाता नाइट राइडर्सले समान ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्कका साथ सातौं स्थानमा छ।
दुवै टोली आजको खेलमा आफ्नो प्रदर्शन सुधार्दै अङ्क तालिकामा उक्लने लक्ष्यमा हुनेछन्। क्रिकेट प्रशंसकहरूले यो खेलमा रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा गरेका छन्।









Discussion about this post