कञ्चनपुर – १९ वर्षमुनिको विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । काठमाण्डौको तल्लो मूलपानी मैदानमा बिहान ९:३० बजे शुरू हुने यो खेलको विजेता टोलीले सन् २०२६ मा जिम्बावे र नामिबियामा आयोजना हुने U19 विश्वकपमा स्थान बनाउनेछ ।
नेपाल र अफगानिस्तान दुवै टोलीले छनोट चरणमा अपराजित रहँदै तीन वटै खेल जितेका छन् । नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । यता, अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १८० रनको फराकिलो अन्तरले हराएको थियो ।
अङ्क तालिकामा नेट रनरेटका आधारमा अफगानिस्तान नेपालभन्दा अगाडि छ । त्यसैले नेपालले विश्वकपमा छनोट हुन आजको खेल जित्नैपर्ने दबाबमा छ । यदि वर्षाले खेल अवरुद्ध भएमा नेट रनरेटका आधारमा अफगानिस्तानले विश्वकपको टिकट पाउनेछ ।
नेपालले यसअघि ८ पटक U19 विश्वकप खेलिसकेको छ र यो नवौँ सहभागिताका लागि नेपाली टोली उत्साहित छ । आजको खेलमा नेपाली युवा टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै समर्थकहरूको अपेक्षा पूरा गर्ने अपेक्षा गरिएको छ ।









Discussion about this post