Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यु–१९ विश्वकप छनोटमा उत्कृष्ट खेल्छौं– नरेन भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३१, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा आइतबारदेखि सुरु हुने आइसिसी पुरुष यु–१९ विश्वकप छनोटमा घरेलु टोलीसहित पाँच राष्ट्रका कप्तानले राम्रो क्रिकेट खेल्ने आशा व्यक्त गरेका छन् ।

काठमाडौंमा आईतवारदेखि नेपालसहित टेस्ट राष्ट्र अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र हङकङले यु–१९ विश्वकप छनोट खेल्दैछन् ।

उक्त छनोटका खेलहरू माथिल्लो मूलपानी क्रिकेट मैदान र तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् । यस छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकप खेल्नेछ ।

नेपालले अघिल्लो संस्करणको छनोट विजेता बन्दै विश्वकप खेलेको थियो । छनोट प्रतियोगिताअगाडि शनिवार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान नरेन भट्टले लामो समयदेखि विश्वकपको तयारी गरिरहेकाले यसपल्ट पनि सुखद नतिजाको आशा गरेका छन् ।

उनले लामो समयदेखि तयारी गरिरहेको र केही अभ्यास खेलहरू पनि खेलेको उल्लेख गरे ।

यस क्रममा दिल्लीको टिम र अफगानिस्तानको यु–१९ टोलीसँगको अभ्यास खेलमा पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो ।

त्यसैले पनि घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै छनोट हुने नेपाली टोलीको लक्ष्य छ । नेपाली युवा टोलीले केही दिन अगाडि मात्र अफगानिस्तानको टोलीसँग २–१ ले शृंखला गुमाएको थियो ।

दिल्लीको टोलीसँग भने युवा टोलीले शृंखल आफ्नो बनाएको थियो । हङकङ यु–१९ क्रिकेट टोलीका कप्तान शिव माथुरले यस प्रतियोगिता युवा क्रिकेटरका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसर रहेको उल्लेख गरे ।

उनले पनि तयारी धेरै राम्रो रहेको बताएका छन् । गत डिसेम्बर र फेब्रुअरीमा पनि आफ्नो टोलीले अभ्यास खेल खेलेको उनले उल्लेख गरे ।

यस क्रममा नेपाल यु–१९ टोलीसँग र त्यसपछि मलेसियाको शृंखलाबाट धेरै पक्षमा सुधार भएको उनी बताउँछन् । यी शृंखलाबाट तयारी गर्ने राम्रो अवसर मिलेको उनको भनाइ छ ।

त्यसैले यो ठूलो चुनौतीका लागि आफूहरू तयार नै रहेको हङकङका कप्तान माथुर बताउँछन् । उनले उत्कृष्ट खेलाडी र टिमसँग खेल्नका लागि हामी आतुर धारणा राखेका छन् ।

अफगानिस्तान यु–१९ टोलीका कप्तान महबुब तस्किनले पनि राम्रो तयारी गरेकाले छनोट प्रतियोगिताका लागि तयार रहेको बताए ।

उनले तीन हप्ताअगाडि नै नेपालमा आएर विश्वकप क्वालिफायरको तयारी गरेको उल्लेख गरे । यसबीच केही अभ्यासहरू गरेको र नेपालसँगको शृंखलामा जित पनि निकालेको उनले उल्लेख गरेका छन् ।

त्यसैले यो ठूलो प्रतियोगिताका लागि तयारी रहेको र आगामी खेलमा केन्द्रित हुने उनको भनाइ छ । युएईका कप्तान पृथ्वी मधुले पनि यस छनोटमा राम्रो प्रदर्शन गर्ने आशा गरेका छन् ।

उनले तयारी राम्रो भएको र टोलीका सबै खेलाडीले एकअर्कालाई २/३ वर्षदेखि राम्रोसँग बुझेकाले यस प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने आशा गरेका छन् ।

केही दिन यता नेपालमा पानी परेकाले त्यसको पर्ने हो की भन्ने चिन्ता पनि उनले व्यक्त गरे । यद्यपि, यस प्रतियोगितामा धेरै राम्रो खेल्ने उनको विश्वास छ । यस क्रममा उनले सबै टोलीलाई शुभकामना पनि दिन दिए ।

ओमानका कप्तान राहिल हबिबुल्लाले राम्रो व्यवस्थापनका लागि क्यानलाई धन्यवाद दिए ।

उनले पनि आफ्नो टोलीले तयारी राम्रो गरेको उल्लेख गरेका छन् । ओमानका कप्तानले पनि नेपालमा केही दिनयता वर्षा भैरहेकाले त्यसको असर पर्ने हो की भन्ने चिन्ता व्यक्त गरे ।

तर, आशा गरौं खेलमा कुनै पनि असर पर्ने छैन उनले उल्लेख गरेका छन् । उनले राम्रो क्रिकेट खेल्ने प्रयास गर्ने बताएका छन् । यसबीच आफ्नो टोलीले राष्ट्रिय टोलीसँग पनि खेल्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

जसले गर्दा यस प्रतियोगितामा मद्दत पुग्ने उनको विश्वास छ । उनले टिम सन्तुलित रहेको र आगामी खेलका लागि तयार रहेको बताएका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व