Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिका -१० को सिमाङ्कृत बस्तीमा पुलको शिलान्यास , स्थानीयमा खुसीयाली

मनिषा भट्ट by मनिषा भट्ट
चैत्र २३, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर १० को अठभैया टोलमा बहुप्रतिक्षित पुलको शिलान्यास सम्पन्न भएको छ। वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले शनिवार एक समारोहबिच पुलको शिलान्यास गर्नुभएको हो। पुलको निर्माणले लामो समयदेखि यस क्षेत्रका बासिन्दाले भोग्दै आएको ठुलो समस्या समाधान हुने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख बोहराले यो पुलले विद्यार्थी, बिरामी, निर्माण सामग्री ढुवानी र सवारीसाधनको आवतजावतमा उल्लेखनीय सहजता ल्याउने बताउनुभयो। “हाम्रो नगरको समग्र विकासमा यो एउटा कोसे ढुङ्गा साबित हुनेछ। यसले जनताको समय र श्रमको बचत गर्नुका साथै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउनेछ,” उहाँले भन्नुभयो।साथै उहाँले निर्माण कम्पनीलाई पनि तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

स्थानीय बासिन्दाहरूले विगतका दिनहरूमा पुलको अभावमा निकै कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन्। यहाँका बुढापाका, विद्यार्थी र बिरामीहरूलाई आवतजावत गर्न २-३ किलोमिटर घुम्नुपर्ने बाध्यता थियो। “हाम्रा बालबालिकालाई स्कुल जान र बिरामीलाई अस्पताल पुर्‍याउन निकै समस्या थियो,” स्थानीय खुसिराम डंगौराले दुखेसो पोखे। तर, पुलको शिलान्याससँगै यहाँका बासिन्दाहरूमा खुसीयाली छाएको छ। “अब हाम्रा समस्या समाधान हुने आशा पलाएको छ, यो हाम्रा लागि ठुलो राहत हो,” स्थानीय डंगौराले हर्षित हुँदै भने।

वडा नम्बर १० का वडाध्यक्ष रतन सिंह विष्टले यो परियोजनालाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय जनताको सक्रिय सहभागिता र निर्माण कम्पनीको जिम्मेवारीले यो परियोजनालाई समयमै सम्पन्न गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

यस्तै, नेपाली काँग्रेसका वेदकोट नगर सभापति तुलाराम साहुले पनि यो कार्यको स्वागत गर्नुभएको छ।उहाँले भन्नुभयो “यो पुलले यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउनेछ। हामी सबैले यो परियोजनाको सफलताको कामना गर्नुपर्छ र आवश्यक सहयोग गर्नुपर्छ।“

पुल निर्माणका लागि २१ लाख १८ हजार २ सय १७ रुपैयाँ बजेट विनियोजन गरिएको छ। श्री न्यू बासुलिङ कन्सट्रक्सन्स निर्माण कम्पनीले आगामी १ महिनाभित्र यो परियोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। यो अवधिमा पुलको संरचना मात्र नभएर त्यसको दिगोपन र गुणस्तरमा पनि विशेष ध्यान दिइने ठेकेदार उत्तम चन्दले बताउनुभएको छ। “हामीले स्थानीयको आवश्यकता र भौगोलिक अवस्थालाई मध्यनजर राखेर काम गर्नेछौँ। तोकिएको समयमै जनतालाई सुविधा दिने हाम्रो लक्ष्य छ,” उहाँले भने।

पुलको शिलान्यासले उक्त ठाउँको विकासमा नयाँ ढोका खोलेको स्थानीयको भनाइ छ। विशेष गरी सिमाङ्कृत र दुर्गम क्षेत्रमा यस्ता पूर्वाधारले जनजीवन सहज बनाउनुका साथै आर्थिक समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३
उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त
फ्ल्यास हेडिङ

उपहार खबरका सञ्चालक मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३
शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम

अशोज ६, २०८३
प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमा छलफल

अशोज ६, २०८३
जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व