रबि भट्ट, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -१८ जानकी टोलमा रहेको ओसिस मन्टेश्वरी स्कुलले ‘ग्रेन्ड प्यारेन्टस् डे’ मनाएको छ।
शनिवार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनदिप भट्टको सभापतित्व रहेको थियो भने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रम विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुती समेत राखेका थिए। प्रत्येक वर्ष ओसिस मन्टेश्वरी स्कुलले ‘ग्रेन्ड प्यारेन्टस् डे’ मनाउँदै आइरहेको विद्यालयले जनाएको छ।









Discussion about this post