Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा पाँचौँ नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २, २०८१
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा पाँचौँ वेदकोट नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।  बुधवार देखी वेदकोट नगरपालिकामा पाँचौँ वेदकोट नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।

पहिलो पटक वेदकोट नगरपालिका ६ सिसैयामा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा पाँचौँ नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले उ‌द्घाटन गर्नुभएको छ । प्रतियोगिताको उ‌द्घाटन गर्दै नगरप्रमुख बोहराले स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताउनुभयो। विद्यार्थीभित्र रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्तो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहने बताउँदै यसलाई विशुद्ध विद्यार्थीको प्रतिभासँग जोडेर हेर्न आग्रह गर्नुभयो ।

त्यसैगरी उपप्रमुख तुलसी जोशीले यस्ता प्रतियोगिताबाट नै राष्ट्रलाई चाहिने खेलाडी उत्पादन हुने बताउनुभयो। प्रतियोगितामा वेदकोट नगरका १२ सामुदायिक र ८ निजी विद्यालयका विद्यार्थीबिच विभिन्न खेलकुद विद्यामा प्रतिस्पर्धा हुनेछ। तीन दिनसम्म सञ्चालन हुने नगर स्तरीय खेलकुद प्रतियोगिताका विजेता विद्यालयका खेलाडीलाई प्रमाणपत्र र मेडल सहित ट्रफी समेत प्रदान गरिनेछ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजन गरेको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले आफ्नो विद्यालयमा नगर भरिकै विद्यालयका विद्यार्थीबिचको प्रतिस्पर्धाले थप उत्साह जगाएको बताउनुभएको छ।

कार्यक्रमको सञ्चालन समेत गरेका भुवनेश्वरी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले पहिलो पटक विद्यालयमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छनौट भइरहेको बताउँदै खेल क्षेत्र स्वास्थ्य र अनुशासनको महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई प्रवर्द्धन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ। साथै अध्यक्ष बोगटीले नगरपालिकाले यस्ता प्रतियोगिता सञ्चालन गर्न तथा नगरमा खेलकुदको विकास गर्न पर्याप्त खेलमैदान निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ।  ‘हाम्रो विद्यालयमा सोचे अनुरूप पर्याप्त फिल्ड छैन, तैपनि हामीले भएको फिल्ड व्यवस्थापन गरेर कार्यक्रम गर्न लागेका छौँ।‘ उहाँले भन्नुभयो, ‘आगामी दिनमा अब राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि छुट्टै फिल्ड बनाउनुपर्छ।’

नगर भरिकै विद्यालय एकसाथ सिसैयाको भुवनेश्वरी माविमा प्रतिस्पर्धा गर्न थालेपछि सिसैया क्षेत्र खेलकुदमय बनेको छ ।

 

 

 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व