कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजले गरेको एनप्याब्सन खेलकुद महोत्सव २०८१ सुरु भएको छ। पुस गते देखि पुस २९ गते सम्म हुने नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सवको शुक्रवार नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको हो ।
आज शनिवारदेखि महेन्द्रनगर स्थित कभर्ड हलमा खेल सञ्चालन हुँदैछन्। प्रतियोगिता आधारभूत तह क (कक्षा १-५), आधारभूत तह ख (कक्षा ६-८) तथा माध्यमिक तह क (कक्षा ९-१०) र माध्यमिक तह ख (कक्षा ११-१२) गरी चार तहमा हुँदैछ। जसमा छात्र, छात्रा बिच लङ जम्प, हाई जम्प, सर्ट फुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड जस्ता खेलहरूमा प्रतिस्पर्धा गर्नेछन्। खेलकुद महोत्सवमा ५२ स्वर्ण, ५२ रजत र ६६ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा हुनेछ।









Discussion about this post