विकास सिंह महता, कञ्चनपुर । खेलकुद विकासलाई मध्यनजर गर्दै साउदी अरबमा दोस्रो दमाम भेट्रान गोल्ड कप २०२५ आयोजना हुने भएको छ।
मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद अल फितरको उपलक्ष्यमा दोस्रो दमाम भेट्रान गोल्ड कप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् । उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरू , खेलाडी लगायत खेल प्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका छन्।
दमाम भेट्रान फुटबल क्लब, दमामले इदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान, अजिजिया खसी बजारमा हुने छ। प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल, दोस्रो पुरस्कार ४ हजार रियाल ट्रफी तथा मेडल र विभिन्न उत्कृष्ट विधागत पुरस्कार रहेको छ।









Discussion about this post