सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० शृङ्खलामा वेस्ट इन्डिजमाथि बङ्गलादेशको पहिलाे ‘क्लिन स्वीप’

काठमाण्डाै – वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा बङ्गलादेशले ‘क्लिन स्वीप’ गरेको छ । बङ्गलादेशले टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजमाथि पहिलो क्लिन स्वीप हात पारेको हो ।

आज बिहान सकिएको तेस्रो तथा अन्तिम खेलमा बङ्गलादेशले वेस्ट इन्डिजलाई ८० रनले हरायो । बङ्गलादेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १६ ओभर ४ बलमा १ सय ९ रन बनाउँदै अलआउट भयो । वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले सबैभन्दा धेरै ३३ रन बनाए । बङ्गलादेशका रिशद होसैनले ३ विकेट लिए ।

यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनायो । बङ्गलादेशका जकेर अलीले नटआउट ७२ रन बनाए । वेस्ट इन्डिजका रोमारियो शेफहेर्डले २ विकेट लिए ।

बङ्गलादेशले पहिलो खेल ७ रन र दोस्रो खेल २७ रनले जितेको थियो । यस्तै बङ्गलादेश र वेस्ट इन्डिजबीचकाे तीन खेलकाे एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा वेस्ट इन्डिजले क्लिन स्वीप गरेकाे थियाे । यसअघि भएकाे दुई खेलकाे टेस्ट क्रिकेट शृङ्खला १–१ काे बराबरीमा सकिएकाे थियाे ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds