पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । गएराति भएको दोस्रो खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक खेलअघि नै शृङ्खला जितेको हो ।
पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका रेजा हेन्ड्रिक्सले १ सय १७, रसी भान डेर डसेनले नटआउट ६६ रन बनाए । पाकिस्तानका जहन्दाद खानले २ विकेट लिए ।
यसअघि सेन्चुरनको सुपरस्पोर्ट पार्कमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनायो । पाकिस्तानका सइम अयुबले नटआउट ९८ रन बनाए । दक्षिण अफ्रिकाका डायान गलिम र ओटनियल बार्टम्यानले २/२ विकेट लिए ।
पहिलो खेल दक्षिण अफ्रिकाले ११ रनले जितेको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आजै राति हुनेछ ।









Discussion about this post