Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विराटनगरले चितवनलाई हरायो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २८, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ ।

एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ ।

चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

विराटनगरको जितमा अलराउण्ड प्रदर्शन गरेका बसिरले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिए ।

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए ।

यसैगरी ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । बसिरले ४ ओभरमा १ मेडन राखद् १९ रन मात्र खर्चेर १ विकेट लिए । यस्तै क्रसि सोल र सुबास भण्डारीले पनि १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।
चितवनले फिल्डिङमा चुक्दा बसिर र गप्टिलले त्यसको फाइदा उठाएका थिए । चितवनले दुवैको क्याच छुटाएको थियो ।

चितवनका सोहेल तनविरले नवौँ ओभरमा बसिर ८ रन हुँदा क्याच ड्रप गरेका थिए । यस्तै १३औं ओभरमा चितवनका कप्तान कुशल मल्लले विराटनगरका गप्टिलको क्याच ड्रप गरेका थिए । जुन चितवनका लागि महंगो सावित बन्यो ।

कमजोर सुरुवात गरेपनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनै बेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३-४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए । निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासले ।

बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकीय साझेदारी गरे ।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए । एनपीएलमा डेब्यु खेलमा युएईका हामिदले ४ ओभरमा १५ रन मात्र खर्चिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा
खेलकुद

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो
खेलकुद

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
मलेशियासँगकाे सेमिफाइनलमा नेपाल टस जितेर बलिङ गर्दै
फ्ल्यास हेडिङ

नेपाल ओमानसँग १०२ रनले पराजित

बैशाख १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

चुरेमा ‘सान’ परियोजनाको सक्रियता: विपद् व्यवस्थापनका लागि समुदाय स्तरमै दक्ष जनशक्ति तयार गरिँदै

बैशाख २३, २०८३
विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

विपद् प्रतिकार्यमा जुट्दै चुरेका बासिन्दा: ५ दिने तालिमपछि समुदायमै तयार भयो दक्ष जनशक्ति

बैशाख २२, २०८३
महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

महेन्द्रनगरमा ‘वर्ल्ड लिङ्क बिट द स्पीड’: ११२ बलरको प्रतिस्पर्धा

बैशाख २१, २०८३
तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व