सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनपिएल : नेपाली उत्कृष्ट खेलाडीले पुरस्कारमा गाडी पाउने

नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ।

शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई प्रदान गर्नेछ। एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा कार पुरस्कारसम्बन्धी सम्झौता गरिएको हो।

सम्झौता पत्रमा मंगलवार ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट इतिहासमै पहिलो पटक खेलाडीले गाडी पुरस्कार पाउन लागेको बताए।

Mahakali Polytechnic

उनले भने‚ ‘नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक खेलाडीले पुरस्कारवापत गाडी पाउँदै छन्। यस सहकार्यका लागि शारडा समूहलाई धन्यवाद।’

World Link Ads

उत्कृष्ट खेलाडीले पाउने गाडी भने अहिले सार्वजनिक गरिएको छैन तर त्यसबारे चाँडै नै जानकारी दिने सचिव खड्काले बताए।

Sana Kishan

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको एनपिएल यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

लिगमा ८ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds