सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: दशरथचन्द खेलमैदान सुन्दरखाली पिच गरिँदै

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ५ स्थित दशरथचन्द खेलमैदान सुन्दरखालीमा टर्फ पिच निर्माणको काम भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा उक्त मैदानमा टर्फ पिच निर्माण भइरहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।

एक महिनामा पिच निर्माण गरिसक्ने लक्ष्यसहित काम भइरहेको उनले बताए । पिच निर्माणपछि जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता सञ्चालनमा सहज हुने बताइएको छ ।

क्यानले पिच निर्माणका लागि एकजना क्युरेटर समेत पठाएको छ । सातवटै प्रदेशको एक÷एक मैदानमा टर्फ पिच बनाउने क्यानको निर्णयअनुसार सुन्दरखालीमा टर्फ पिच निर्माण भइरहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार बिष्टले बताए । पिच निर्माणका लागि क्यानले क्युरेटरका रूपमा रमेश ओडलाई पठाएको र एकमहिनाभित्रै निर्माण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।

सुन्दरखाली मैदानमा दुईवटा टर्फ पिच बनिरहेका हुन् । बैतडी जिल्ला क्रिकेट संघले सञ्चालन गर्ने यसपछिका सबै प्रतियोगिता सुन्दरखालीमा खेलमैदानमै हुने अध्यक्ष चन्दले बताए । टर्फ पिच निर्माणपछि यहाँ प्रतियोगिता सञ्चालन हुँदा खेलाडीलाई निकै फाइदा पुग्ने उनले बताए ।

Mahakali Polytechnic

ग्रास रूट तथा जिल्लास्तरबाटै टर्फ पिचबाट खेलेको खेलाडीले माथिल्लो लेभलको क्रिकेट खेल्दा आत्मबल बढ्ने उनको भनाइ छ ।

World Link Ads

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक क्यानको मातहत रहेको मैदानमा टर्फ पिच बनिरहेको हो ।

Sana Kishan

यसअघि प्रदेशका विभिन्न स्थानमा रहेको मैदानमा टर्फ पिच बनेपनि कुनै एक प्रतियोगिता सञ्चालनका लागि बन्ने पछि मर्मतसम्भार र संरक्षण हुन सकेका थिएनन् । सुन्दरखालीमा टर्फ पिच बनेपछि क्रिकेट संघले मर्मत र संरक्षण गरेर दीर्घकालीन रूपमा प्रतियोगिता सञ्चालनका लागि योग्य बनाइने बैतडी जिल्ला क्रिकेट संघले दाबी गरेको छ ।

टर्फ पिच बन्दा क्रिकेटमै भविष्य खोजिरहेका खेलाडी पनि उत्साहित र खुसी भएका छन् ।

क्रिकेटको मुख्य आधारशिला जिल्लास्तर नै रहेकोले नेपाल क्रिकेट संघले पनि जिल्लाबाटै क्रिकेट विकासमा ध्यान दिएको जनाएको छ । ग्रासरूटबाटै क्रिकेटको विकासका काम भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । -सगुन खबरबाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds