सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशभरका यी २१३ प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिने, सुदूरपश्चिममा को को परे ?

काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको छ।

देशभरका अहिलेसम्म एक सय ९ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता छ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ शै्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार पहिलो आधार वर्षमा २ सय १३ स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने नीतिगत निर्णय भएको जानकारी दिए।

उक्त कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने बताइएको छ। त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरुसँगको रायपरामर्शपछि कार्यविधि तयार गरी मन्त्रीपरिषद्मा स्वीकृत लागि पठाइने छ।

Mahakali Polytechnic

उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्रअधिकार भित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई १५ र २५ शय्यामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

World Link Ads

महाशाखाका अनुसार पाँच वर्षभित्र करिब ६ सय ४० स्थानीय तहहरुमा १५ शय्याका अस्पताल निर्माण गर्नुपर्ने छ। १५ शय्याको अस्पताल निर्माण कार्य सम्पन्न गर्न तथा कार्यप्रगतिका आधारमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन सम्पन्न गर्न ७५ करोड बजेट विनियोजन गरिएको छ।

Sana Kishan

विगतको संसदीय निवार्चन क्षेत्रका आधारमा स्थापना गरिएका प्राथमिक स्वास्थ्य केन्द्रमध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

संघीयता कार्यान्वयनमा सहयोगी हुने भनिएको अस्पताल स्तरोन्नती कार्यसँगै जनशक्ति, स्वास्थ्य उपकरण, भौतिक संरचना, औषधि व्यवस्था पनि अर्को महत्वपूर्ण पक्ष हो। जसका लागि अहिलेको लगानीले नपुग्ने अवस्था रहेको मन्त्रालयको भनाई छ।

२१३ मध्ये केहि सुदूरपश्चिमका संस्थाको नामावली यसप्रकार छ :

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.