Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनप्याब्सन खेलकुद महोत्सवको दोस्रो दिन : आदर्श ६ स्वर्ण सहित शिर्ष स्थानमा, मर्निङ ग्लोरी ५ स्वर्ण सहित दोस्रो स्थानमा

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ ५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा जारी १६ औं एनप्याब्सन खेलकुद महोत्सवमा दोस्रो दिन आधारभुत र माध्यमिक तहमा विभिन्न खेलहरू सम्पन्न भएका छन्। शुक्रबार दोस्रो दिन आधारभुत र माध्यमिक तहमा १०० मिटर दौड, २०० मिटर दौड, ४ सय मिटर दौड, १५०० मिटर दौड, लङजम्प र ट्रिपल जम्प लगायतका खेलहरू सम्पन्न भएका खेलकुद संयोजक बलदेव भट्टले बताएका छन्।

No description available.

जसबाट आधारभुत तह ‘क’ अन्तर्गत छात्रा १०० मिटर दौडमा क्यासपियन एकेडेमीकी महिमा चौधरी प्रथम, भेनस एकेडेमीकी सिम्रन चौधरी द्वितीय र अनुपम एजुकेसनकी अनु चौधरीले तृतीय स्थान प्राप्त गरेको छ भने छात्र १०० मिटर दौडमा फ्लोरिडा बोर्डिङ स्कुलका मनोज सुनार प्रथम, ग्वाल्लेक सेकेन्डरी स्कुलका रोहित डंगौरा द्वितीय र ब्राइट फ्युचर बोर्डिङ स्कुलका सूर्य सुनार तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।

No description available.

त्यसैगरी आधारभुत तह ‘क’ अन्तर्गत छात्र २०० मिटर दौडमा अनुपम एजुकेसनलका उत्सव बिष्ट प्रथम, जनज्योति सेकेन्डरी स्कुलका प्रवीन धामी द्वितीय र ग्वाल्लेक सेकेन्डरी स्कुलका रोहित डंगौरा तृतीय भएका छन् भने छात्रा २०० मिटर दौडमा अनुपम एजुकेसनकी सृष्टि बोहरा प्रथम, लिटिल बुद्ध एकेडेमीकी हेमन्ती धामी द्वितीय र फ्लोरिडा बोर्डिङ स्कुलकी आसिका वि.सी तृतीय भएकी छन्।

आधारभुत तह ‘ख’ अन्तर्गत छात्र १०० मिटर दौडमा पायनियर एकेडेमीका सन्दिप एसके प्रथम, भुवनेश्वरी विद्या मन्दिरका संकल्प लावड द्वितीय र नवज्योति स्कुलका सुदर्शन लुहार तृतीय भएका छन् भने छात्रा १०० मिटर दौडमा अनिरुद्र सेकेन्डरी स्कुलकी गरिमा साउद प्रथम, लिटिल बुद्ध एकेडेमीकी सृष्टि खड्का द्वितीय र महाकाली मोडर्नकी अंकिता बिष्टले तृतीय स्थान हात पार्न सफल भएकी छन्।

No description available.

आधारभुत तह ‘ख’ अन्तर्गत छात्र २०० मिटर दौडमा नवज्योति स्कुलका सुदर्शन लुहार प्रथम, भुवनेश्वरी विद्या मन्दिरका संकल्प साउद द्वितीय र अनिरुद्र सेकेन्डरी स्कुलका दिपेश अवस्थी तृतीय भएका छन् भने छात्रा २०० मिटर दौडमा अनिरुद्र सेकेन्डरी स्कुलकी गरिमा साउद प्रथम, जनज्योति सेकेन्डरी स्कुलकी सृष्टि चौहान द्वितीय र अनुपम एजुकेसनलकी ज्योति ओझा तृतीय हुन सफल भएकी छन्।

No description available.

आधारभुत तह ‘ख’ अन्तर्गत छात्र ४०० मिटर दौडमा भुवनेश्वरी विद्या मन्दिरका आकाश चन्द प्रथम, किड्स इन्टरनेसनलका विशाल ऐरी द्वितीय र ज्ञानदीप विद्या मन्दिरका रोजन डंगौरा तृतीय भएका छन् भने छात्रा ४०० मिटर दौडमा अनुपम एजुकेसनलकी ज्योति ओझा प्रथम, क्याम्पियन इन्टरनेसनलकी अस्मिता पन्त द्वितीय र अनिरुद्र सेकेन्डरी स्कुलकी रिदिमा भट्ट तृतीय भएकी छन्।

No description available.

त्यसैगरी माध्यमिक तह ‘क’ अन्तर्गत छात्र १०० मिटर दौडमा फ्लोरिडा इन्टरनेसनलका रिसब कोहली प्रथम, लिटिल बुद्ध एकेडेमीका सुसिल रोकाया द्वितीय र सार्क एजुकेसन फाउन्डेसनका भरत भरत भण्डारी तृतीय भएका छन् भने छात्रा १०० मिटर दौडमा अनिरुद्र सेकेन्डरी स्कुलकी निशा ऐर प्रथम, युनाइटेड सेकेन्डरी स्कुलकी रेजिका कार्की द्वितीय, सञ्जीवनी शुक्लाफाँटाकी रोशनी धामी र नवप्रतिभा सेकेन्डरी स्कुलकी समीक्षा रावल तृतीय भएकी छन्।

No description available.
त्यसैगरी माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र १५०० मिटर दौडमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका राकेश बुढाऐर प्रथम, सार्क एजुकेसन फाउण्डेसनका दीपक भट्ट द्वितीय र अनिरुद्र सेकेन्डरी स्कुलका खगेन्द्र अवस्थीले तृतीय स्थान हात पारेका छन्।

माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र २०० मिटर दौडमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका राजेन्द्र जोशी प्रथम, लिटिल बुद्ध एकेडेमीका पुकार चन्द द्वितीय र रेडियन्ट सेकेन्डरीका कैलाश भट्ट तृतीय भएका छन् भने छात्रा २०० मिटर दौडमा आदर्श विद्या निकेतनकी भूमिका चन्द प्रथम, रेडियन्ट सेकेन्डरी स्कुलकी स्मृति चन्द द्वितीय र मर्निङ ग्लोरी सेकेन्डरी स्कुलकी आरती मल्ल तृतीय हुन सफल भएकी छन्।

No description available.

त्यसैगरी आजै भएको माध्यमिक तह ‘क’ अन्तर्गत छात्र लङजम्पमा जनज्योति सेकेन्डरी स्कुलका प्रतिस चन्द प्रथम, अनिरुद्र सेकेन्डरी स्कुलका सन्देश पाण्डेय द्वितीय र लिटिल बुद्ध एकेडेमीका सुसिल रोकाया तृतीय भएका छन् भने छात्रा लङजम्पमा डायमन्ड एकेडेमीकी यमुना बम प्रथम, लिटिल बुद्ध एकेडेमीकी सृया अवस्थी द्वितीय र जनज्योति सेकेन्डरी स्कुलकी भावना भट्टले तृतीय स्थान फेला पारेको छ।

माध्यमिक तह ‘क’ अन्तर्गत छात्र ट्रिपल जम्पमा रोजी एक्सक्लुसिभका सन्तोष बिष्ट प्रथम, मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका शीर्ष डंगौरा द्वितीय र भुवनेश्वरी विद्या मन्दिरका पारस मल्ल तृतीय भएका छन् ।

No description available.

त्यसैगरी माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र लङजम्पमा लिटिल बुद्ध एकेडेमीका अनिष साउद प्रथम, अनिरुद्र सेकेन्डरी स्कुलका सन्दिप कार्की द्वितीय, सार्क एजुकेसन फाउण्डेसनका जतिन उराव तृतीय भएका छन् भने छात्रा लङजम्पमा आदर्श विद्या निकेतनकी रिता धामी प्रथम, रेडियन्ट सेकेन्डरी स्कुलकी जेतिस्मा भट्ट द्वितीय र भुवनेश्वरी विद्या मन्दिरकी विशाखा पुजाराले तृतीय स्थान हात पारेको छ।

आजै सम्पन्न माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र ट्रिपल जम्पमा आदर्श विद्या निकेतनका आशिष मल्ल प्रथम, मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका खगेन्द्र महरा द्वितिय र लिटिल बुद्ध एकेडेमीका पुकार चन्द तृतीय भएका छन्।

दोस्रो दिन आदर्श विद्या निकेतन ६ स्वर्ण सहित शीर्ष स्थानमा रहेको छ भने मर्निङ ग्लोरी सेकेन्डरी स्कुल ५ स्वर्ण सहित पछ्याइरहेको छ। त्यसैगरी अनुपम एजुकेसनल एकेडेमीले ४, अनिरुद्रले ३, फ्लोरिडाले २, भुवनेश्वरी विद्या मन्दिरले ३, लिटिल बुद्ध एकेडेमीले १, रोजी एक्सक्लुसिभले १, जनज्योति सेकेन्डरी स्कुलले २, क्यासपियन एकेडेमीले १, पायनियरले १ र नवज्योति स्कुल बेलडांडीले २ स्वर्ण प्राप्त गरेको छ।

खेलकुद शान्त वातावरणमा सञ्चालन भइरहेका संयोजक भट्टको भनाइ रहेको छ। फाइनलका खेलहरू भोलि शुक्रबार १० बजेदेखि शुरु हुने समेत उनले बताए। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व