Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

किन यसै मन उदास, आत्तिने र निस्सासिए झैं हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ कार्तिक २२, मंगलवार ०५:१३
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कहिले यसै डर लाग्छ, कहिले मन उदास हुन्छ, कहिले झर्को लाग्छ । कहिले अनायास अत्तालिन्छ, कहिले बेचैन हुन्छ । अचानक निद्रा खलबलिन्छ, खानामा अरुचि हुन्छ । पटक–पटक पिसाब लागेजस्तो हुन्छ ।

हामी सोच्छौं, आखिर मलाई किन यस्तो भइरहेको छ ?

विज्ञहरुले यसलाई एन्जाइटीको लक्षण भनेका छन् । हुन त अन्य अवस्थामा पनि भावनात्मक उतारचढाव आउन सक्छ । यद्यपि कतिपय स्थितिमा यसले एन्जाइटीको संकेत गर्छ ।

एन्जाइटी मानसिक स्वास्थ्य समस्या

एन्जाइटी भनेको मानिसको मानवीय स्वभावको प्रतिक्रिया हो । यो सबै किसिमको मानिसमा हुन्छ । एन्जाइटी आफैंमा समस्या होइन । यो एउटा चिन्ता वा तनाव होे, जुन सबैलाई हुन्छ । तर चिन्ता र तनावले दैनिक जीवनमा प्रभाव पार्न थालिसकेपछिको अवस्थालाई एन्जाइटी डिसअर्डर भन्ने गरिन्छ । यो मानसिक स्वास्थ्य समस्या अन्तर्गत पर्छ ।

घर, व्यवहार, सम्बन्ध र करिअरलाई लिएर सबैमा चिन्ता हुन्छ । तर लामो समयसम्म जीवन असहज हुन्छ, आफूलाई असुरक्षित ठानिन्छ र जीवनमा अप्ठ्यारो आउँछ । आफ्नो करिअर र जिम्मेवारी सोचे अनुरुप हुँदैन, अनि धेरै सोच्ने, सोचे अनुरुप राम्रो ढंगले केही क्रियाकलापमा पनि प्रस्तुत हुन सकिंदैन भने त्यसलाई चिन्ताजन्य समस्या वा एन्जाइटी डिसअर्डर हुन्छ ।

जो कसैलाई थाहै नपाई हुनसक्छ

यो जुनसुकै उमेरमा जसलाई पनि हुनसक्छ । विशेषगरी किशोर अवस्था र बालबालिकाको उमेरबाट सुरु हुन्छ, त्यसबेला उनीहरुले यसको पहिचान भने गर्न सकिरहेका हुँदैनन् ।

त्यसबाहेक युवावस्था र वृद्धावस्थामा पनि यो समस्याबाट गुज्रिन सक्छन् । विभिन्न अध्ययनले पनि जीवनको एक कालखण्डमा एकपटक १७ प्रतिशतमा यो समस्या देखिने बताइन्छ ।

एन्जाइटीको संकेत

यो समस्या व्यक्ति स्वयंले अनुभव गर्छन् । आफ्नो भावनाअनुसार केही काम भइरहेको हुन्छ, त्यो काममा के होला, कसो होला भन्ने मनोचिन्ताले दिमागमा सधैं तनाव सिर्जना गरिरहेको हुन्छ ।

जतिबेला पनि आफूलाई असुरक्षित महसुस हुने, आफू जोखिममा रहेको जस्तो केही छैन अब भनेको जस्तो अनुभव गर्न सक्छन् । जस्तै, हड्बडाएको जस्तो हुने, आत्तिएको जस्तो हुने गर्छ ।

निद्रा नलाग्ने, बेचैन हुने, तनाव महसुस भइरहने, ढुकढुकी बढ्ने, पेट असहज हुने, टाउको दुख्ने, एकै ठाउँ बस्दा निस्सासिएको जस्तो हुने गर्छ । पटक–पटक पिसाब लागेको जस्तो हुन्छ ।

यी सबै लक्षण एकैलाई देखा पर्छ भन्ने हुँदैन, कसैलाई कुनै त कसैलाई कुनै लक्षण देखा पर्ने गर्छन् ।

एन्जाइटीको असर

एन्जाइटी डिसअर्डर भनेको लक्षणहरुको समूह हो । यो एउटा निश्चित अवधिसम्म रहन्छ । एक महिनाभन्दा बढी समयसम्म यसको प्रभाव रहन्छ ।

अस्थायी भय

जब परीक्षा आयो केही पढेको छैन वा पढिसकेपछि पनि सबै कुरा लेख्न सकिन्छ वा सकिंदैन भन्ने जस्ता तनाव, नयाँ व्यक्तिसँग संवाद गर्नुपर्ने अवस्था, कुनै कामलाई लिएर अन्तर्वार्ताको सामना गर्नुप¥यो भने एन्जाइटीको समस्या देखिन सक्छ । तर यस्तो क्षणिक हुन्छ । त्यो स्वभाव र समयसँगै क्रमशः कम हुँदै जान्छ ।

अरु रोगसँग मिल्दोजुल्दो

यो समस्याको लक्षण अरु रोगसँग पनि मिल्दोजुल्दो हुनसक्छ । यसैले गर्दा सही समयमा सही उपचार हुन पाउँदैन । रक्तअल्पता, थाइराइड, मुटुरोग भएका व्यक्तिलाई पनि मुटुको ढुकढुकी बढ्ने, श्वासप्रश्वासमा अवरोध हुने, छट्पटी हुने, निन्द्रा नपर्ने जस्ता लक्षण देखा पर्छन् ।

त्यसैले एन्जाइटी हो वा अन्य रोग हो भनेर पहिचान गर्न बिरामीसँग संवाद गर्ने, शारीरिक परीक्षण, विगतका उनको व्यवहार बुझेर मात्र मनोसमस्या हो वा शारीरिक समस्या भनेर भन्न सक्छौं ।

एन्जाइटीको कारण

बच्चाले आफ्नो आमाबुवालाई छाड्नु वा गुमाउनु परेमा, परिवारमा झैझगडा भइरहेमा, विद्यालयको पढाइ राम्रो नभएमा, कसैको नियन्त्रणमा बसिरहनुपर्दा बालबच्चामा यस किसिमको मनोविकार पैदा हुनसक्छ ।

यसैगरी वयस्कमा सोचेजस्तो सफलता हात नलाग्दा, कुनै किसिमको हानि नोक्सानी हुँदा, रोगले थलिएमा, सम्बन्धमा खटपट आएमा, अभाव भएमा, एन्जाइटीको समस्या आउन सक्छ । प्रेम, विछोड, डिभोर्स, आफन्तको अकाल मृत्यु, लामो समयसम्म रोगले ग्रस्त हुँदा पनि यस्तो समस्या देखिन्छ । बुढ्यौलीमा असुरक्षा, अशान्ति, रोगको पीडा आदिले एन्जाइटीको स्थितिमा पु¥याउँछ ।

सही परामर्श र साथले हुन्छ निको

एन्जाइटीको उपचार आफैं गर्न त पहिचान गर्न सक्दैन र आफैंले पनि स्वतः ठीक हुन अलि कठिन हुन्छ । तर तनावग्रस्त भएका व्यक्तिलाई उसका नजिकै रहने व्यक्तिले तनाव व्यवस्थापन गर्न परामर्श भने दिनसक्छ । उनको समस्या बुझेर सही ढंगले परामर्श दिने, उत्साह भरिदिने, उमंग कायम राखिदिने जस्ता प्रयासले यस्तो समस्याबाट छुटकारा पाउन सक्छन् ।

यदि सामान्य हेरचाह, साथ सहयोग गर्दा पनि त्यो स्थिति रहेमा पारमर्शदातासँग भेटाउनु उचित हुन्छ । मनोचिकित्सकले अवस्था हेरेर परामर्शबाट वा औषधिबाट यस किसिमको समस्याको हल खोज्न सक्छन् ।

निःशुल्क पाइन्छ औषधि

यदि औषधि खानु परेमा सरकारले पनि एन्जाइटी डिसअर्डरको औषधि निःशुल्क वितरण गर्छ । जब यो रोगको पहिचान हुन्छ तब दक्ष परामर्शदाता र मनोचिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सकिन्छ । यसको औषधि बिरामीको अवस्था हेरेर निश्चित अवधिका लागि दिइन्छ । औषधिका सामान्य साइड इफेक्ट देखिन सक्छ । औषधि ९ देखि १२ महिनासम्म खानुपर्ने र नियमित फलोअप गराउनुपर्छ ।

तब जटिल हुन्छ

जब कुनै व्यक्तिमा एन्जाइटीको लक्षण देखिन्छ, सही परामर्श वा उपचार खोज्नैपर्छ । उपचार नै गरिएको छैन भने पछि अवस्था जटिल बन्न पुग्छ । एकैछिनमा केही नभएको व्यक्तिलाई एक्कासि गाह्रो हुने, छट्पटी हुने, डाहा हुने र आफैं अस्पताल लैजाऊ भन्नेसम्म हुनसक्छ ।

अस्पतालमा रोग पत्ता नलाग्ने र त्यसलाई सामान्य पार्न दिने अन्य औषधिले अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ । कतिपय यसबाट मुक्ति पाउन भन्दै लागुऔषध प्रयोग गरेर यसको दलदलमा समेत फस्न सक्छन् ।

दूरदराजका गाउँमा धामीझाँक्रीलाई झारफुक गर्न लगाउने प्रवृत्ति हुनसक्छ । जसले समय, आर्थिक क्षति र स्वास्थ्यलाई हानि गराउँछ ।

एन्जाइटीको खतरा

बच्चादेखि नै एन्जाइटी छ र बिस्तारै जटिल रुप लिंदै गयो भने मानसिक विकास, सामाजिक विकास, पढाइ र सिकाइ बिग्रिंदै जान्छ । यसले व्यक्तिको करिअर र जीवनशैलीमा ठूलो धक्का पुग्न सक्छ र गुणस्तरीय जीवन जिउन कठिन हुन्छ । लामो समयसम्म एन्जाइटी हुनेहरु कुलतमा फस्नेदेखि आत्महत्या गर्ने अवस्थामा समेत पुग्न सक्छन् ।

व्यवस्थापन

एन्जाइटीको व्यवस्थापनका लागि व्यक्ति सचेत हुनु जरुरी छ । सरकारले पनि यसको लागि अभिमुखीकरण कार्यक्रम सशक्त ढंगले ल्याउन आवश्यक छ । यसको लक्षण देखिएको अनुभव भएमा उपचारका लागि परामर्शदाताकहाँ पुग्नुपर्छ ।

नेपालमा यसको उपचार

सरकारले यसै आर्थिक वर्षबाट ७७ वटै जिल्लामा एन्जाइटीको समस्या, यसको पहिचानबारे जनचेतना अभिवृद्धि कार्यक्रम समेटेको छ । यसबारे तालिम र रोग पहिचानका लागि सहजीकरण कार्यक्रम पनि हुँदै आएका छन् ।  अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ कार्तिक २२, मंगलवार ०५:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ कार्तिक २२, मंगलवार ०५:१३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ कार्तिक २२, मंगलवार ०५:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व