महेन्द्रनगर । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल ( डिन) कंचनपुरको उपाध्यक्षमा नर बहादुर बोहरा चयन भएका छन् ।
मंगलवार एसोसिएसनको जिल्ला सम्मेलनबाट कंचनपुर जिल्लाको वेदकोट नगरपालिकामा कार्यरत सव इन्जिनियर बोहरा उपाध्यक्षमा चयन भएका हुन् ।
एसोसिएसनको अध्यक्षमा पवन चन्द्र लेखक , उपाध्यक्षमा नर बहादुर बोहरा,सचिवमा सुनिल रावल,सह-सचिवमा पुरन सिंह ठगुन्ना,कोषाध्यक्षमा रेखा रोकाया चयन भएका छन् ।
यस्तै सदस्यमा प्रकाश जोशी, लक्ष्मी धामी,हेम महरा , जगदीश सार्की चयन भएका छन् ।
एसोसिएसनको सल्लाहकार समितिको संयोजकमा गोरख बहादुर सिंह,सदस्यमा सिद्ध राज ओझा, र ओमनाथ ढकाल रहेका छन् । यो समाचार एकपत्र अन्लाईनको सहयोगमा निर्माण गरिएको हो । 









Discussion about this post