बैतडी – बैतडीमा यही जेठ १७ गतेबाट हराईरहेका प्रेमसिंह रावत मृत फेला परेका छन् ।
दशरथचन्द नगरपालिका २ सौंडालीका अन्दाजी ३० बर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए ।
बोल्न नसक्ने सुस्त मनस्थिती भएका रावत १७ गते बिहानबाट हराईरहेका थिए ।
खोजी गर्दै जाँदा आज रावतको शव भीरमा अड्केको अवस्थामा फेला परेको र शव पूर्ण रुपमा सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रावतको शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाको अनुसन्धान भईरहेको उनले बताए ।
(स्रोत : सगुन खबर)









Discussion about this post