Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज देखि कालीगण्डकीको बिजुली भारत निर्यात सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २१, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ’ए’ विद्युत् गृहबाट उत्पादित बिजुली भारत निर्यात सुरु हुने भएको छ । प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित बिजुली आज शनिवार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

 

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) मा बिहीवारदेखि त्रिशूली र देवीघाट जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा झन्डै ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७ दशमलव ७ मेगावाट बिजुली भारत निर्यात गर्ने छ । कालीगण्डकी ’ए’ को १४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट बिजुली भारत निर्यात हुने छ ।

 

वर्षायामसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत् गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बाँकी भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार रातिदेशि निर्यात हुने बिजुलीको औसत बिक्री मूल्य प्रतियुनिट ११ रुपैयाँ दुई रुपैयाँ (७ भारु) रहेको बताउनुभयो । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम दुई रुपैयाँ ३८ पैसा (१ दशमलव ४९ भारु) र औसत दर ११ रुपैयाँ दुई पैसा (७ भारु) छ’, घिसिङले भन्नुभयो ।

 

आईईएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

 

प्राधिकरणका अनुसार बिहीवार निर्यात गरिएको बिजलीको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९ रुपैयाँ दुई पैसा) र दुई दशमलव ४९ भारु (तीन रुपैयाँ ९८ पैसा) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६ दशमलव ७२ (१० रुपैयाँ ७६ पैसा) छ ।

 

यसैगरी शनिवार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९ रुपैयाँ दुई पैसा (१२ भारु) र न्यूनतम चार रुपैयाँ आठ पैसा (२ दशमलव ५५ भारु) मा बिजुली बिक्री गरेको छ । औसतमा मूल्य ११ रुपैयाँ ४८ पैसा (७.१८ भारु) रहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म बिजुली बिक्री गर्न अनुमति पाएको छ ।

 

(Source : ujyaaloonline.com)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ
फ्ल्यास हेडिङ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह
मुख्य समाचार

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा
अर्थ/ब्यापार

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

तराईमा गर्मी बढ्दै : पहाडी र हिमाली भेगमा हल्का वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

बैशाख २१, २०८३
लिग–२ क्रिकेट: यूएईले ओमानलाई  रनले हरायो

लिग–२ क्रिकेट: यूएईले ओमानलाई रनले हरायो

बैशाख २१, २०८३
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ

बैशाख २१, २०८३
संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

संवैधानिक परिषद् अध्यादेश फिर्ताः राष्ट्रपतिद्वारा पुनर्विचारको आग्रह

बैशाख २०, २०८३
तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

तनहुँ जलविद्युत् आयोजनाको ७५ प्रतिशत भौतिक प्रगती पूरा

बैशाख १९, २०८३
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

बैशाख १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व