आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन प्रयोजनमा मुख्य निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।
निर्वाचन आयोगकाअनुसार जिल्ला न्यायाधीश, अन्य सेवाका राजपत्रांकित अधिकृत र नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृत निर्वाचन अधिकृत बन्नेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृत नियुक्तिका लागि प्रक्रिया अघि बढेको बताए ।
उनले भने, ‘जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्याय परिषद्सँग परामर्श गरी तथा अन्य सेवाका राजपत्रांकित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्तिका लागि न्याय सेवा आयोगसँग परामर्श गरी फागुन १५ सम्ममा आयोगमा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा अनुरोध गरिएको छ ।’
आयोगले कानूनमा भएको व्यवस्था बमोजिम निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतको नामावली पनि फागुन १५ सम्ममा उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरेको छ ।
त्यसैगरी मतपत्र छपाईका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रवक्ता पौडेलले बताए । अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post