Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एन्जाइटीका कारण र उपचार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ३, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको महामारीले मानिसलाई भौतिकरुपमा मात्रै टाढा बनाएको छैन, भावनात्मकरुपमा समेत अलग्याउन पुग्यो । मानिसको आर्थिक अवस्थासमेत डामाडोल बनायो । मानिस घरभित्रै कैद हुन पुग्यो । लामो समयसम्म भौतिकरुपमा दुरी कायम गर्नु पर्दा मानिस विभिन्न किसिमका मानसिक समस्याबाट समेत ग्रसित बन्न पुगेको अवस्था छ ।

यतिबेला संसारभरिकै अवस्था हेर्दा आत्महत्याको दर ह्वात्तै बढेको पाउन सकिन्छ । तनाव, एन्जाइटी र उदासीनताका बिरामीहरु अत्याधिक बढेको पाइन्छ । यस लेखमा समाजमा अत्यधिक बढेको एञ्जाइटीका बारेमा लेख्ने प्रयास गरिएको छ ।

एन्जाइटी वा चिन्ता पनि एक प्रकारको मानसिक समस्या हो । कुनै व्यक्तिलाई कुनै विषय वा घटनालाई लिएर चिन्ता हुनु अस्वाभाविक होइन । सामान्यतया चिन्तालाई समाधान गरे हटेर जान्छ । तर, कुनै व्यक्तिमा चिन्ता, डर, छटपटी चाहिनेभन्दा निकै बढी छ वा स्वाभाविकभन्दा धेरै छ भने यसले उसको दैनिक कामकाज र सम्वन्धमा पनि असर पारेको हुन्छ । जसलाई चिन्ताजन्य मानसिक समस्या भन्न सकिन्छ ।

एन्जाइटी एउटा लक्षणहरुको समूह हो, जसमा विनाकारण वा सामान्य कुरामा पनि डर लागिरहेको हुन्छ । एन्जाइटीमा मानिस प्रायः आफ्नो पेसा, व्यवसाय, अध्ययन वा घरको काम गरिरहेकै हुन्छ । तर, पनि जुन जोस, जाँगर र स्फूर्तिले गर्नु पर्ने हो, त्यसरी गर्न सकेको हुँदैन ।

उनीहरुलाई यो रोग निकै ठूलो रोग हो भन्ने हुन्छ । उनीहरुको निद्रा, भोक, बोलीचाली, व्यवहार तथा परिवारसँग मिलेर बस्ने क्षमतामा भने खासै परिवर्तन आएको हुँदैन । तर, यसबाट ब्यक्तिमा शारीरिक, मानसिक तथा व्यवहारिक रुपमा नकरात्मक असर पर्नुका साथै एन्जाइटीसँग सम्बन्धित लक्षणहरु देखिने गर्दछ ।

ब्यक्तिमा भीडभाडमा बोल्न नसक्ने, डराउने, हडबडाउने जस्ता समस्या पनि एन्जाइटीमा देखिन सक्छ । जुन उचित उपचार नपाएको खण्डमा लामो समयसम्म रहन्छ र यसलाई चिन्ताजन्य विकारको रुपमा लिन सकिन्छ ।

यो समस्यामा परेको ब्यक्तिले आफ्नो चिन्ताजन्य भावना नियन्त्रण गर्न सक्दैन । यसले मुटुको धडकन तेज हुने र शरीर काँप्ने जस्ता शारीरिक लक्षण पनि देखाउन सक्छ । अत्यधिक चिन्ता र डर नियन्त्रण गर्न नसक्दा ब्यक्तिको पेशागत, सामाजिक जीवनमा समेत समस्या पैदा हुने गर्दछ । विशेष गरी एन्जाइटीमा भविश्यप्रतिको चिन्ताले सताउने गर्छ साथै वर्तमान घटनाको समेत डरले उ निकै चिन्तित रहन्छ ।

एन्जाइटीका कारणहरु

जैविक कारण ः हर्मोन र न्युरोट्रान्समिटरमा गडबडी भएमा एन्जाइटी हुन सक्छ ।

वंशाणुगत कारण ः आमा वा बुबामध्ये एकलाई वा दुबैलाई एन्जाइटीसम्बन्धी समस्या भएमा छोराछोरीमा पनि यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ । एन्जाइटीसम्बन्धी समस्यामा ब्यक्तिको वंशाणुगत कारणले ठूलो भुमिका खेल्छ । विभिन्न शारीरिक तथा मानसिक रोगहरु, औषधीजन्य प्रभाव अथवा जटिल सर्जरी जस्ता चिकित्साजन्य कारणहरुले पनि एन्जाइटी सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

मनोवैज्ञानिक कारण ः यो व्यक्तिको विचार, भावना, व्यवहार, दृष्टिकोणसँग सम्बन्धित हुन्छ । जस्तै ः ब्यक्तिमा घबराहट, चिन्ता अथवा बेचैन महसुस हुन्छ भने त्यस्तो व्यक्तिलाई एन्जाइटीसम्बन्धी समस्या भएका हुन सक्छ ।

सामाजिक कारण ः अन्तरवैयक्तिक सम्बन्ध, वैवाहिक अवस्था भयो वा समाजमा एवं सामाजिक परम्पराहरुमा व्यक्ति आफु समायोजन हुन सकेन भने पनि उसमा एन्जाइटिसम्बन्धी समस्या देखिन सक्छ ।

वातावरणीय कारण ः व्यक्तिले कार्यस्थलमा तनावपूर्ण अवस्था भोगेको छ भने पनि उसलाई एन्जाइटी डिसअर्डर हुन सक्छ । यौन दुव्र्यवहार सामना गरेको, परिवारमा राम्रो हेरविचार नपाएको, माया नपाएको, हिंसामा परेको तथा शोक वा आघातबाट गुज्रिएको अवस्थामा पनि एन्जाइटी डिसअर्डर हुन सक्छ ।

शारीरिक रोगहरु ः कहिलेकाहिँ ब्यक्तिमा दीर्घ शारीरिक रोगहरु लागेको हुन्छ । क्यान्सर, एचआइभी पोजेटिभ जस्ता रोगहरु लाग्दा पनि ब्यक्तिमा एन्जाइटीको समस्या हुन्छ ।

डिप्रेसन वा उदासीनता ः डिप्रेसनका बिरामीहरुमा पनि यो रोग देखिने गरेको छ ।

चिन्ता (ब्लहष्भतथ) का लक्षणहरु

· मुटुको धड्कन अत्याधिक बढेको महसुस हुने

· निन्द्रामा गडबडी

· त्रास, डर, असजिलो, छटपटी हुने

· छिटो छिटो दिशा पिसाब हुने

· पेट सम्बन्धी समस्या देखिने

· हात खुट्टा चिसो हुने, भाउन्न हुने, थरथर काँप्ने

· रिँगटा लाग्ने

· मानसिक तनाव भैरहने जसका कारण टाउको दुख्ने, छटपटी हुने र हातहरूमा सामान्य कम्पन आउने

· घाँटीमा गाह्रो भएको, निस्सासिएको महसुश हुने

· अत्याधिक पीर र चिन्ताको महसुश हुने, चिन्ता लिन्न भनेर जतिसुकै प्रयास गर्दा पनि केही नलाग्ने

· कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने

· खल्खली पसिना आउने

· विनाकारण एक्कासी डर लाग्ने, आत्तिने

· थकित अथवा कमजोर महसुस हुने

· घबराहट, बेचैन महसुस हुने

· तनावग्रस्त भएको अनुभव हुने

· दुखेको महसुस हुने

· शान्तसँग बस्न नसक्ने

· मुख सुख्खा हुने

· मांशपेसीहरुमा तनाव संकुचनको अनुभूति

· समस्याका बारेमा चाहिने भन्दा धेरै सोच्ने

· चिन्तालाई नियन्त्रण गर्न कठिनाई

· आसन्न खतरा, आतंक, पीडा अथवा बर्बादीको अनुभूति हुने

एन्जाइटी डिस्अर्डरबाट मानिसलाई बाहिर निकाल्ने विधि ः

१० यो रोग जटिल अवस्थामा छ भने मनोचिकित्सकको सल्लाह बमोजिम औषधीजन्य उपचार गर्न सकिन्छ ।

२० मनोपरामर्श र साइकोथेरापी जस अन्तर्गत विभिन्न किसिमका तरिकाहरू अपनाउन सकिन्छ । जस्तै– विभिन्न किसिमका आरामदायी अभ्यासहरू, भावनात्मक सहयोग, कग्नेटिभ बिहेभियर थेरापी आदि । कतिपय सेवाग्राहीलाई औषधी तथा साइकोथेरापी र मनोपरामर्श दुवै सेवासँग सँगै गर्दा छिटो पहिलेको अवस्थामा फर्कन सक्छन् ।

३०जीवनशैलीमा सुधार जसअन्तर्गत उचित आहार, निद्रा, व्यायाम, आराम, तनाव व्यवस्थापन, योगा तथा ध्यान आदि नियमित गर्नाले पनि एन्जाइटी सञ्चो हुन्छ ।

४० एन्जाइटीका सेवाग्राहीलाई सामाजिक समर्थन सञ्जाल तथा मनोसामाजिक सहयोगद्वारा पनि उपचार गर्न सकिन्छ । परिवारलाई समेत मनोशिक्षा दिएर यसको उपचार गर्न सकिन्छ । खिमा रिजालले रातोपाटीमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व