Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एन्जाइटीका कारण र उपचार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ फाल्गुन ३, मंगलवार २०:४७
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको महामारीले मानिसलाई भौतिकरुपमा मात्रै टाढा बनाएको छैन, भावनात्मकरुपमा समेत अलग्याउन पुग्यो । मानिसको आर्थिक अवस्थासमेत डामाडोल बनायो । मानिस घरभित्रै कैद हुन पुग्यो । लामो समयसम्म भौतिकरुपमा दुरी कायम गर्नु पर्दा मानिस विभिन्न किसिमका मानसिक समस्याबाट समेत ग्रसित बन्न पुगेको अवस्था छ ।

यतिबेला संसारभरिकै अवस्था हेर्दा आत्महत्याको दर ह्वात्तै बढेको पाउन सकिन्छ । तनाव, एन्जाइटी र उदासीनताका बिरामीहरु अत्याधिक बढेको पाइन्छ । यस लेखमा समाजमा अत्यधिक बढेको एञ्जाइटीका बारेमा लेख्ने प्रयास गरिएको छ ।

एन्जाइटी वा चिन्ता पनि एक प्रकारको मानसिक समस्या हो । कुनै व्यक्तिलाई कुनै विषय वा घटनालाई लिएर चिन्ता हुनु अस्वाभाविक होइन । सामान्यतया चिन्तालाई समाधान गरे हटेर जान्छ । तर, कुनै व्यक्तिमा चिन्ता, डर, छटपटी चाहिनेभन्दा निकै बढी छ वा स्वाभाविकभन्दा धेरै छ भने यसले उसको दैनिक कामकाज र सम्वन्धमा पनि असर पारेको हुन्छ । जसलाई चिन्ताजन्य मानसिक समस्या भन्न सकिन्छ ।

एन्जाइटी एउटा लक्षणहरुको समूह हो, जसमा विनाकारण वा सामान्य कुरामा पनि डर लागिरहेको हुन्छ । एन्जाइटीमा मानिस प्रायः आफ्नो पेसा, व्यवसाय, अध्ययन वा घरको काम गरिरहेकै हुन्छ । तर, पनि जुन जोस, जाँगर र स्फूर्तिले गर्नु पर्ने हो, त्यसरी गर्न सकेको हुँदैन ।

उनीहरुलाई यो रोग निकै ठूलो रोग हो भन्ने हुन्छ । उनीहरुको निद्रा, भोक, बोलीचाली, व्यवहार तथा परिवारसँग मिलेर बस्ने क्षमतामा भने खासै परिवर्तन आएको हुँदैन । तर, यसबाट ब्यक्तिमा शारीरिक, मानसिक तथा व्यवहारिक रुपमा नकरात्मक असर पर्नुका साथै एन्जाइटीसँग सम्बन्धित लक्षणहरु देखिने गर्दछ ।

ब्यक्तिमा भीडभाडमा बोल्न नसक्ने, डराउने, हडबडाउने जस्ता समस्या पनि एन्जाइटीमा देखिन सक्छ । जुन उचित उपचार नपाएको खण्डमा लामो समयसम्म रहन्छ र यसलाई चिन्ताजन्य विकारको रुपमा लिन सकिन्छ ।

यो समस्यामा परेको ब्यक्तिले आफ्नो चिन्ताजन्य भावना नियन्त्रण गर्न सक्दैन । यसले मुटुको धडकन तेज हुने र शरीर काँप्ने जस्ता शारीरिक लक्षण पनि देखाउन सक्छ । अत्यधिक चिन्ता र डर नियन्त्रण गर्न नसक्दा ब्यक्तिको पेशागत, सामाजिक जीवनमा समेत समस्या पैदा हुने गर्दछ । विशेष गरी एन्जाइटीमा भविश्यप्रतिको चिन्ताले सताउने गर्छ साथै वर्तमान घटनाको समेत डरले उ निकै चिन्तित रहन्छ ।

एन्जाइटीका कारणहरु

जैविक कारण ः हर्मोन र न्युरोट्रान्समिटरमा गडबडी भएमा एन्जाइटी हुन सक्छ ।

वंशाणुगत कारण ः आमा वा बुबामध्ये एकलाई वा दुबैलाई एन्जाइटीसम्बन्धी समस्या भएमा छोराछोरीमा पनि यस्तो समस्या देखिने सम्भावना बढी हुन्छ । एन्जाइटीसम्बन्धी समस्यामा ब्यक्तिको वंशाणुगत कारणले ठूलो भुमिका खेल्छ । विभिन्न शारीरिक तथा मानसिक रोगहरु, औषधीजन्य प्रभाव अथवा जटिल सर्जरी जस्ता चिकित्साजन्य कारणहरुले पनि एन्जाइटी सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

मनोवैज्ञानिक कारण ः यो व्यक्तिको विचार, भावना, व्यवहार, दृष्टिकोणसँग सम्बन्धित हुन्छ । जस्तै ः ब्यक्तिमा घबराहट, चिन्ता अथवा बेचैन महसुस हुन्छ भने त्यस्तो व्यक्तिलाई एन्जाइटीसम्बन्धी समस्या भएका हुन सक्छ ।

सामाजिक कारण ः अन्तरवैयक्तिक सम्बन्ध, वैवाहिक अवस्था भयो वा समाजमा एवं सामाजिक परम्पराहरुमा व्यक्ति आफु समायोजन हुन सकेन भने पनि उसमा एन्जाइटिसम्बन्धी समस्या देखिन सक्छ ।

वातावरणीय कारण ः व्यक्तिले कार्यस्थलमा तनावपूर्ण अवस्था भोगेको छ भने पनि उसलाई एन्जाइटी डिसअर्डर हुन सक्छ । यौन दुव्र्यवहार सामना गरेको, परिवारमा राम्रो हेरविचार नपाएको, माया नपाएको, हिंसामा परेको तथा शोक वा आघातबाट गुज्रिएको अवस्थामा पनि एन्जाइटी डिसअर्डर हुन सक्छ ।

शारीरिक रोगहरु ः कहिलेकाहिँ ब्यक्तिमा दीर्घ शारीरिक रोगहरु लागेको हुन्छ । क्यान्सर, एचआइभी पोजेटिभ जस्ता रोगहरु लाग्दा पनि ब्यक्तिमा एन्जाइटीको समस्या हुन्छ ।

डिप्रेसन वा उदासीनता ः डिप्रेसनका बिरामीहरुमा पनि यो रोग देखिने गरेको छ ।

चिन्ता (ब्लहष्भतथ) का लक्षणहरु

· मुटुको धड्कन अत्याधिक बढेको महसुस हुने

· निन्द्रामा गडबडी

· त्रास, डर, असजिलो, छटपटी हुने

· छिटो छिटो दिशा पिसाब हुने

· पेट सम्बन्धी समस्या देखिने

· हात खुट्टा चिसो हुने, भाउन्न हुने, थरथर काँप्ने

· रिँगटा लाग्ने

· मानसिक तनाव भैरहने जसका कारण टाउको दुख्ने, छटपटी हुने र हातहरूमा सामान्य कम्पन आउने

· घाँटीमा गाह्रो भएको, निस्सासिएको महसुश हुने

· अत्याधिक पीर र चिन्ताको महसुश हुने, चिन्ता लिन्न भनेर जतिसुकै प्रयास गर्दा पनि केही नलाग्ने

· कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिनाइ हुने

· खल्खली पसिना आउने

· विनाकारण एक्कासी डर लाग्ने, आत्तिने

· थकित अथवा कमजोर महसुस हुने

· घबराहट, बेचैन महसुस हुने

· तनावग्रस्त भएको अनुभव हुने

· दुखेको महसुस हुने

· शान्तसँग बस्न नसक्ने

· मुख सुख्खा हुने

· मांशपेसीहरुमा तनाव संकुचनको अनुभूति

· समस्याका बारेमा चाहिने भन्दा धेरै सोच्ने

· चिन्तालाई नियन्त्रण गर्न कठिनाई

· आसन्न खतरा, आतंक, पीडा अथवा बर्बादीको अनुभूति हुने

एन्जाइटी डिस्अर्डरबाट मानिसलाई बाहिर निकाल्ने विधि ः

१० यो रोग जटिल अवस्थामा छ भने मनोचिकित्सकको सल्लाह बमोजिम औषधीजन्य उपचार गर्न सकिन्छ ।

२० मनोपरामर्श र साइकोथेरापी जस अन्तर्गत विभिन्न किसिमका तरिकाहरू अपनाउन सकिन्छ । जस्तै– विभिन्न किसिमका आरामदायी अभ्यासहरू, भावनात्मक सहयोग, कग्नेटिभ बिहेभियर थेरापी आदि । कतिपय सेवाग्राहीलाई औषधी तथा साइकोथेरापी र मनोपरामर्श दुवै सेवासँग सँगै गर्दा छिटो पहिलेको अवस्थामा फर्कन सक्छन् ।

३०जीवनशैलीमा सुधार जसअन्तर्गत उचित आहार, निद्रा, व्यायाम, आराम, तनाव व्यवस्थापन, योगा तथा ध्यान आदि नियमित गर्नाले पनि एन्जाइटी सञ्चो हुन्छ ।

४० एन्जाइटीका सेवाग्राहीलाई सामाजिक समर्थन सञ्जाल तथा मनोसामाजिक सहयोगद्वारा पनि उपचार गर्न सकिन्छ । परिवारलाई समेत मनोशिक्षा दिएर यसको उपचार गर्न सकिन्छ । खिमा रिजालले रातोपाटीमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ फाल्गुन ३, मंगलवार २०:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ फाल्गुन ३, मंगलवार २०:४७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ फाल्गुन ३, मंगलवार २०:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व