सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बैठकपछि सभामुख सापकोटाले एमसीसीमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटष्थता अपनाउने बताए।
‘मैले दलहरुको धारणा बुझिरहेको छु। एमसीसीको विषयमा निष्पक्ष ढंगले निर्णय गर्छु,’ उनले भने। सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी थिएन। उनले यसअघि देखि नै सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ। सभामुख सापकोटाले एमालेलाई संसद गतिरोध अन्त्यका लागि आह्वान गरेका थिए। अन्नपूर्ण पोस्ट बाट सभार









Discussion about this post