Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

’डिप्रेसिभ डिसअर्डर’ के बालबालिका र किशोरकिशोरीमा पनि हुन्छ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ २०, बिहीबार २०:३३
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकामा यौवन अवस्थाभन्दा अगाडि धेरै कममा मात्रै उदासीनता वा भनौं ’डिप्रेसिभ डिसअर्डर’ हुने गरेको विभिन्न अध्ययनहरूबाट देखिन्छ भने किशोरकिशोरीमा भने १०० जनामा ५ देखि ८ जनासम्मलाई यो समस्या देखिन सक्छ । डिप्रेसन भनेको सामान्य अवस्था मात्रै होइन । यदि उदासीनता निश्चित समयभन्दा बढीसम्म रहन्छ र बालबालिका तथा किशोरकिशोरीको कार्यशैली वा दिनचर्यामा बाधा उत्पन्न गराउँदछ भने त्यसलाई डिप्रेसिभ डिसअर्डर भनिन्छ । यही विषयलाई यो लेखमा ५ वटा प्रश्नबाट सरल रुपमा बुझाउने प्रयास गरिएको छ ।

के बालबालिका र किशोरकिशोरी पनि उदासीनता (डिप्रेसन)बाट ग्रसित हुन्छन् ?

हुन सक्छन् । डिप्रेसिभ डिसअर्डर बालबालिका तथा किशोरकिशोरीमा पनि देखिन्छ । तर, यौवन अवस्थाभन्दा अगाडि अलि कममा हुन्छ ।

अध्ययन–अनुसन्धानअनुसार यौवन अवस्थाभन्दा अगाडि १०० जनामध्ये १ देखि २ जनामा डिप्रेसिभ डिसअर्डर हुन्छ भने किशोरकिशोरीमा १०० जनामध्ये ५ जना देखि ८ जना सम्ममा डिप्रेसिभ डिसअर्डर हुन सक्दछ ।

तर, डिप्रेसन भनेको सामान्य अवस्था मात्र होइन । मानसिक स्वास्थ्य परिभाषा अनुसार क्लिनिकल डिप्रेसन भनेको सामान्य उदासीभन्दा बढी हो । यदि त्यो उदासीनता निश्चित समयभन्दा बढीसम्म रहन्छ र बालबालिका तथा किशोरकिशोरीहरुको कार्यशैली वा दिनचर्यामा बाधा उत्पन्न गराउँदछ भने त्यसलाई डिप्रेसिभ डिसअर्डर भनिन्छ।

बालबालिकामा र किशोरकिशोरीमा उदासीनता (डिप्रेसिभ डिसअर्डर) कसरी पहिचान गरिन्छ ?

बालबालिकामा र किशोरकिशोरीहरुको उमेरअनुसार डिप्रेसनको प्रस्तुति फरक हुनसक्छ । पूर्व बाल्यअवस्थाका (६–७ वर्ष मुनिका ) बालबालिकाहरूले आफ्नो भावनात्मक अवस्थालाई मौखिक रूपमा व्यक्त गर्न सक्षम नहुन सक्छन् र व्यवहारिक र शारीरिक लक्षण देखा पर्न सक्छन् । त्यसैले उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, विद्यालय नजाने, शैक्षिक चासो घट्ने, रोइरहने, बारम्बार रिस उठ्ने जस्ता लक्षण देखिन सक्छ ।

साथै, उनीहरूका भावना प्रतिक्रियात्मक (रियाक्टिभ) हुनसक्छ । अर्थात् उदासी वा चिडचिडापन निरन्तर नहुन सक्छ । उनीहरू कहिलेकाहीँ खुसी वा सामान्य देखिन सक्छन् । यही कारणले गर्दा धेरैजसो बालबालिकाहरुमा डिप्रेसिभ डिसअर्डरको पहिचान गर्न कठिन हुन्छ । यद्यपि ७ वर्षभन्दा माथिका बालबालिका र किशोरकिशोरीहरूले आफ्नो भावना र विचार व्यक्त गर्ने क्षमता राख्छन् ।

वयस्क अवस्थामा हुने डिप्रेसिभ डिसअर्डरको तुलनामा, बालबालिका र किशोरकिशोरीहरूको उदासीको सट्टा चिडचिडापन धेरै हुन सक्छ । यसका साथसाथै अध्ययनमा ह्रास, रमाइलो गतिविधिमा रुचि घट्ने, निद्रा र खानपिनमा समस्या हुन सक्दछ । यस्तै बालबालिका र किशोरकिशोरीहरूमा पनि आत्महत्याका विचारहरू आउन सक्दछन् वा आत्म–हानीको प्रयास गर्नसक्छन्।

डिप्रेसनको कारक तत्व के हुन् ?

डिप्रेसनको कारण एउटै हुँदैन । धेरै कारक तत्वहरुले गर्दा डिप्रेसन हुन सक्दछ ।

जैविक कारण– न्युरोट्रान्समिटरको असन्तुलन, वंशाणुगत (परिवारमा कसैलाई उदासिनता भएमा), आनुवंशिक कारणहरू

मनोवैज्ञानिक कारण– बच्चाको स्वभाव, तनावको सामना गर्ने संयन्त्र, आत्मसम्मान, आत्म–मूल्य, उच्च उपलब्धि अभिमुखीकरण

वातावरणीय र सामाजिक कारण– अभिवावकको बालबालिकासँग बढी अपेक्षा, अभिभावद्वारा अरुको बच्चासँग तुलना गर्ने प्रवृत्ति, दण्डनीय अभिभावक, अव्यवस्थित वा खराब अभिभावकत्त्व, घरको नकारात्मक वातावरण, विद्यालयमा साथीहरुले हेप्ने, होच्याउने, गिज्याउने, असफल सम्बन्ध, शैक्षिक तनाव, साथीहरू र परिवारका सदस्यहरूसँग द्वन्द्व, दुर्व्यवहार (शारीरिक, यौन, मौखिक र भावनात्मक)

बाल्यकाल र किशोरावस्थामा हुने डिप्रेसिभ डिसअर्डरको उपचार कसरी गरिन्छ ?

सबै मानसकि स्वास्थ्य समस्याहरूमा दुई प्रकारका उपचारात्मक विधिहरु हुन्छन्, औषधि र मनोपरामर्श विधि ।

बालबालिकाहरूमा हामी सधैं थेरापी वा मनोपरामर्शलाई प्राथमिक उपचारात्मक पद्दति मान्दछौं । यद्यपि लक्षणहरूको गम्भीरतामा निर्भर हुँदै गर्दा कोहीमा औषधिहरू आवश्यक पर्न सक्दछ । औषधि र थेरापी÷मनोपरामर्शलाई सँगसँगै गर्दा परिणाम राम्रो आउन सक्दछ ।

अभिभावकलाई पनि मनोपरामर्श सत्रमा संलग्न गराउनु अति आवश्यक छ । उपचार टोलीले बालबालिका र परिवारलाई मद्दत गर्न विद्यालय र शिक्षकहरूसँग पनि सम्पर्क गर्नु अत्यावश्यक हुन्छ । यो अभिभावकको सहमति र बच्चाको स्वीकृत पछि मात्रै गरिन्छ ।

धेरैजसो उपचार बहिरंग (ओपीडी)मा गरिन्छ । तर, यदि आत्महत्याको उच्च जोखिमको साथै लक्षणहरू धेरै गम्भीर छन् भने अन्तरंग (आईपीडी) उपचार पनि आवश्यक हुनसक्छ ।

उपचार ६ महिनादेखि १ वर्षसम्म रहन सक्छ र कहिलेकाहीँ समय बढी पनि लाग्न सक्दछ ।

आमाबाबु वा अभिवावकले आफ्न बालबालिकालाई डिप्रेसनको लक्षण भएको अनुभव गरेमा के–के गर्न सक्दछन् ?

सबैभन्दा पहिले आमाबाबु वा अभिवावकले घरमा बालबालिका वा किशोरकिशोरीले समस्या वा भावनाहरु व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु धेरै महत्त्वपूर्ण हुन्छ । यो कठिन समयमा उनीहरूले उपदेश सुन्न चाहँदैनन् । उनीहरूको समस्यालाई स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो उपयुक्त कदम मानिन्छ ।

सँगसँगै उनीहरुसँग गुणस्तरीय समय व्यतित गर्नु अर्को महत्त्वपूर्ण कदम हुन सक्दछ । यद्यपि लक्षणहरु निरन्तर रहेमा अभिवावकहरुले बाल मनोचिकित्सक वा चिकित्सा मनोविदसँग परामर्श गर्न जरुरी हुन्छ । डा. उत्कर्ष कार्कीले ईकान्तिपुरमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ २०, बिहीबार २०:३३
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ २०, बिहीबार २०:३३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ माघ २०, बिहीबार २०:३३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ २०, बिहीबार २०:३३
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ २०, बिहीबार २०:३३
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ २०, बिहीबार २०:३३
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ २०, बिहीबार २०:३३
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ २०, बिहीबार २०:३३
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ २०, बिहीबार २०:३३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व