Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

योगसम्बन्धीका १३ भ्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ११, २०७८
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

योगलाई पूर्ण बुझ्न र जीवनमा अपनाउन लामो समय र ठूलो श्रम लाग्न सक्छ। योगमा प्रवेश नै नगर्दै यसका बारेमा फैलिएको भ्रम सुनेर योग सिक्दै नसिक्ने, सही तरिकाले नसिक्ने, सिक्दा मिथ्या आशा राखेर सिक्ने, आफ्ना केटाकेटीलाई योग शिक्षाबाट टाढै राख्ने जस्ता दृश्य अमेरिकाजस्तो विकसित देशमा पनि देखिएका छन्। यसबाट मिल्ने लाभबाट उनीहरू र तिनका रेखदेखमा रहेका केटाकेटीहरू वञ्चित हुन पुगेका छन्। योग विधाको बारेमा विभिन्न चरणमा भ्रम सिर्जना हुन सक्छन्। तिनलाई निम्नअनुसार विभाजन र समाधान गर्न सकिन्छ—

पहिलो भ्रम – योग हिन्दूवादको प्रचार गर्छ। यसो होइन, योगको विकासमा अहिले हिन्दूको रूपमा चिनिएका सनातनधर्मीहरूको ठूलो योगदान थियो। मानव सभ्यता जति पुरानो छ, योग त्यत्तिकै पुरानो छ। योग मानवको शरीर र मनलाई उच्च तहमा जोड्न मद्दत गर्छ। ईश्वर, प्रकृति, अन्तिम सत्य जे नाम दिए पनि मान्छेले खोजेको त्यही हो जुन हितकर छ। योगबाट त्यो प्राप्त हुन्छ। आँप कसले फलायो भन्ने कुराभन्दा बढी महŒव आँप खाएपछि मिल्ने सन्तुष्टि हो। योग सबैलाई हित गर्छ।

दोस्रो भ्रम – योग विद्वता हो। यो अझ ठूलो भ्रम हो। योगसम्बन्धी जानकारी हुनु, मन्त्र उच्चारण गर्न सक्नु, आसन बस्न जान्नु र सक्नु अवश्य महŒवका छन्, तर जानेकै भरमा योगको फाइदा प्राप्त हुँदैन। सत्य कुरा त योग साधना हो, आचरण हो, जीवनपद्धति हो।

तेस्रो भ्रम – योग गरेपछि म ठूलो मान्छे हुन्छु वा भएको छु, मलाई सबैले सम्मान गर्नुपर्छ। यो मैमत्ता बोकेको घमण्ड योगसाधनामा ठूलो तगारो बनेर आउँछ। आफूभित्र रहेको सम्पूर्णता चिन्ने र अघि बढ्ने प्रयासमा लागेका योगीलाई मानसम्मानको लोभले गन्तव्यबाट च्युत गराउँछ।

चौथो भ्रम – योग कठिन आसन र शारीरिक अभ्यास हो। सत्य कुरा योग सुखासन हो। यसमा शारीरिक गति र स्थितिका कुरा जरुर आउँछन्। तर, ती कठिनाइ वृद्धिका लागि हैनन्, सजिलोपनका लागि हुन्। धेरै समयसम्म संयम भएर ध्यान गर्न सक्ने क्षमता वृद्धिका लागि हुन्न।

पाँचौँ भ्रम – योगासन र ध्यान सक्षम व्यक्तिले हतारमा र छिटो गर्न सक्छ। योग ‘बिरालो बाँध्ने’ वा ‘खट्वाल पूजा गर्ने’ वा ‘सिदा पु¥याउने’ काम मात्र होइन, यो एकाग्रतामा पुग्ने र त्यसमा रहने प्रक्रिया हो। फुर्सद नभए बरू एक, दुई आसन मात्र गरे हुन्छ, तर गरिएका आसन र ध्यान समय दिएरै गरिनु पर्छ।

छैटौं भ्रम – योग शारीरिक श्रम नगर्ने व्यक्तिको लागि मात्र हो। वास्तवमा शारीरिक वा बौद्धिक श्रम गर्ने वा नगर्ने सबैखाले व्यक्तिलाई योग आवश्यक पर्छ। जीवनयापनको लागि गरिने कामको सिलसिलामा ती गतिविधिलाई योगमाय बनाउन पक्कै सकिन्छ, तर योग नसिकी र आफ्ना हरेक गतिविधिलाई सचेत रूपले योगसित नजोडी योगको लाभ स्वतन्त्र प्राप्त हुन्छ भन्ने सोच्नु गलत हो।

सातौं भ्रम – योगबाट सर्वसिद्धि प्राप्त हुन्छ, चाहेको पुग्छ। यो धेरै घातक सोच हो। योग जादू हैन, योगले बाहिरबाट ल्याएर साधकलाई कुनै वस्तुको धनी बनाउने पनि हैन। यसले आफ्नो मनलाई वशमा राख्न, लोभलाई नियन्त्रण गर्न सामथ्र्य दिन्छ। बाहिर खोजेर, भौतिक संग्रहमा जुटेर अहिलेसम्म कसैले पूर्णता पाएको छैन, पाउने पनि छैन।

आठौं भ्रम – मेधावी व्यक्ति स्वाध्यायनबाटै योगी बन्न सक्छन्, गुरु आवश्यक पर्दैन। योग अभ्यासमा गल्ती भयो भने वाञ्छित लाभ प्राप्त नहुन सक्छ, रोगहरू निम्तिन सक्छन्। अझ बढी महत्वको कुरा त के छ भने बौद्धिक क्षमताको घमण्ड नै तगारोको रूपमा आइसक्यो। ऊ झुक्न जान्दैन। व्यक्ति एक्लै मेधावी हुँदैन, मानव सभ्यताको अहिलेसम्मको प्रयास र उपलब्धिको जगमा उसको क्षमता उभिएको छ, ऊ आमा र प्रकृतिको काखमा दूध खाएर, खेलेर र सुरक्षा पाएर हुर्केको छ। तिनलाई उसले मान्नु पर्छ, ढोग्नु पर्छ।

नवौं भ्रम – मनशुद्धि भएपछि बाह्यशुद्धि आवश्यक पर्दैन। कुरो ठीक विपरीत छ। हाम्रो मन र चिन्तन वस्तुतः शरीर र वातावरणको उपज हो। भित्र र बाहिरको एकाकार नभई सिद्धि प्राप्त हुँदैन। यसर्थ वातावरण शुद्धि, आसनशुद्धि, शरीरशुद्धि, कर्मशुद्धि, वचनशुद्धि, मनशुद्धि यी सबैलाई एकैसाथ अघि बढाउन आवश्यक छ।

दसौं भ्रम – योगमा पोख्त व्यक्तिले साधना नगरे पनि हुन्छ। यो सही होइन, जसरी हामीलाई प्राणवायु, पानी र खानेकुराको लगातार आवश्यकता पर्छ। उसैगरी योगसाधना र ध्यानको आवश्यकता हुन्छ। यो जीवनभरि चल्ने प्रक्रिया हो।

एघारौं भ्रम – योग कमजोर र रोगीको लागि मात्र आवश्यक छ। स्वास्थ्य बिग्रेपछि मात्र चेत आउने चलन सही होइन। सानै उमेरदेखि, स्वास्थ्य नबिग्रिँदैदेखि योगविद्या सिकियो र लगातार अपनाइयो भने रोगले धेरै सताउनै पाउँदैन। यसैले समयमै योग सिक्नु र अपनाउनु पर्छ।

बाह्रौं भ्रम— योग, कुनै धुन वा संगीतको साथमा गर्न सकिन्छ। यो भ्रम हो, तर धेरै मानिस यो गल्ती गरिरहेका हुन्छन्। संगीत आफ्नो स्थानमा महान् छ, सर्वव्यापी छ, तर योगसाधनामा होइन। सद्गुरुको नामबाट चिनिने जग्गी वासुदेवको अनुभव सहयोगी हुने देखेकोले ईशा फाउन्डेसनको स्वीकृतिमा यहाँ उल्लेख गरिन्छ। ‘जब तपाईं आसनहरू अभ्यास गर्नुहुन्छ, तब कहिल्यै पनि वरिपरि कुनै ऐना वा कुनै किसिमको संगीत हुनु हुँदैन। हठ योग गरिरहेको समयमा, सबैथोक – शरीर, मन, ऊर्जा र अन्तस्करण – त्यसमा पूर्णतः संलग्न हुनुपर्छ। त्यो जुन सृष्टिको स्रोत हो अनि जुन तपाईंभित्रै छ, उसको संलग्नता वा सहभागिता चाहनु हुन्छ भने, तपाईंको शरीर, मन र ऊर्जा पूर्ण रूपमा यस प्रक्रियामा संलग्न हुन जरुरी छ। तपाईंले यसलाई विशेष श्रद्धा र एकाग्रताले गर्नुपर्छ। गयो, कुनै धुन बजायो अनि केही गरे जस्तो ग¥यो— यसरी होइन। प्रायजसो योग स्टुडियो (योग सिकाउने थलो)हरूमा सबैभन्दा ठूलो त्रुटि भइरहेको हुन्छ। योग प्रशिक्षक आसन गर्दै कुराकानी गरिरहेका हुन्छन्। यसो गर्नाले तपाईंलाई हानि हुने निश्चित छ। आसन गरिरहेको बेला नबोल्नु कुनै मापदण्ड होइन, यो नियम हो। कुनै आसनमा रहँदा तपाईं कहिल्यै बोल्नु हुँदैन। जब तपाईं योगासनको अभ्यास गर्नुहुन्छ, त्यसबेला श्वास, मानसिक एकाग्रता र ऊर्जाको स्थिरताजस्ता सबै चिजहरूको निकै महŒव हुन्छ। यदि तपाईं बोल्नुभयो भने, ती सबै नष्ट हुन्छन्।

तेह्रौं भ्रम – उमेर छिप्पिएकाले योग सिक्न हुँदैन। कहिल्यै ढिलो भयो भनेर राम्रो कुरा सिक्नबाट पछि हट्न हुँदैन। हो, उमेर छिप्पिएसितै शरीरको लचकतामा कमी आउँछ, आसनका कुरामा जबर्जस्ती गर्न हुँदैन। आफ्नो शरीरको अवस्थाअनुसार सहज हुने अभ्यास गर्न गर्नुपर्छ। गुरुको निर्देशनमा आफ्नो स्वास्थ्यको ख्याल राखी यथोचित योगासन र ध्यान गर्न सकिन्छ।
योग केन्द्रले गर्नुपर्ने तयारी

योगविद्या गुणकारी छ। यसबीचमा योग केन्द्रले योग्य शिक्षक, सफा र शान्त वातावरण, उपयुक्त समय र नियमित कक्षा र अभ्यासको व्यवस्था गर्न आवश्यक छ। किताबी ज्ञान लिई परीक्षा उत्तीर्ण भएर मात्र कुनै व्यक्ति योग शिक्षकको रूपमा उपयुक्त पात्र हुँदैन। ऊ आफू पनि नियमित रूपमा योगाभ्यास र साधनामा लागेको हुनुपर्छ। दुर्गन्ध र होहल्लाबीच योग कक्षा सञ्चालन हुन सक्दैन। टाढादेखिका सहभागी आउन पर्ने भएकाले बिहानको ब्रह्ममुहूर्त नै भन्न सकिन्नँ। कम्तीमा पनि खाना खाएपछि दुई घण्टा समय बितेपछि, धेरै नथाकेको र धेरै नभोकाएको बेलामा योग कक्षा उपयुक्त हुन्छ। योग अरू विषयजस्तो कुदाएर पढाउन मिल्ने विषय हैन। यो सिकाइने र देखाइनेभन्दा योग्य प्रशिक्षकको निर्देशन र निगरानीमा सिकिने र अभ्यास गरिने विद्या हो। यसको लागि नियमित निर्देशन र अभ्यास आवश्यक पर्छ।

प्रशिक्षकले गर्नुपर्ने तयारी
नेपालमा योग शिक्षा सुरु गर्ने कुरामा कतिपयको विमति पनि थियो। बदलिँदो परिवेशमा योगले हिन्दू धर्म प्रचार गर्ने अभिप्राय बोकेको छ भन्दै विरोध गर्ने पनि थिए। सायद धर्मद्वारा निर्दिष्ट नहुने कम्युनिस्ट नेतृत्वको सरकार नभएको भए योग शिक्षा औपचारिक रूपमा अघि बढ्न सक्ने थिएन। यसैबीच, देखा परेको कोभिड—१९ ले योगविज्ञानको आवश्यकता अरू बढी प्रष्ट पायो। अहिले हरेक नेपालीको आशा र ध्यान योगविज्ञानमा केन्द्रित भएको छ। यस्तो अवस्थामा योग प्रशिक्षकले एकातिर यस महान् विज्ञानलाई सम्पूर्णतामा प्रस्तुत गर्न आवश्यक छ। अर्कातिर सनातन परम्परासित असहज अनुभव गर्नेलाई जबर्जस्ती गर्न पनि हुँदैन।

योग प्रशिक्षक बन्दा पारिश्रमिक पक्कै मिल्छ। तर त्यत्तिको लागि योग प्रशिक्षक बन्न खोज्नु भएको छ भने यो सही छनोट होइन। प्रशिक्षकको रूपमा सिकारुसामु उभिनुअघि आफू योग्य गुरुको निर्देशनमा अध्ययन, ध्यान र तालिमद्वारा योगका सबै पक्षमा अभ्यस्त हुनुहोस्। कमसेकम अष्टांग योगमा अभ्यस्त भएपछि मात्र प्रशिक्षकको रूपमा प्रस्तुत हुनुहोस्।
कलिला शिष्यको लागि तपाईं नै गुरु हो, अनुकरण गर्न लायक नमुना आदर्श व्यक्तित्व हो। उनीहरू कुरा मात्र सुन्दैनन्, तपाईंको चालचलन, हाउभाउ, बोलीचाली, व्यवहार पनि सिक्छन्। यसैले तपार्ईंको खानपिन, रहनसहन, सामाजिक र पारिवारिक व्यवहार पनि अनुकरणयोग्य, आदर्श हुनुपर्छ । नेपालमा योग शिक्षाको सफलता र भविष्य तपाईंको हातमा छ। अनि ‘सबैका लागि योग सधैंका लागि योग’ साकार हुन्छ। प्रा.डा. बालमुकुन्द रेग्मीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै
स्वास्थ्य

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व