काठमाडौं– सरकारले ईन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरि ईन्धनको मुल्य घटाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २ रुपैयाँ प्रति लिटर घटाई समायोजन गरेको जनाएको छ। निगमका अनुसार अब पेट्रोलको मुल्य १०८, डिजेल र मट्टितेलको ९६.५० प्रति लिटर कायम भएको छ।
त्यस्तै हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ जनाएको छ।