सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिनौंदेखि शिक्षकबाटै यौन दुव्र्यवहार : स्कुल र नेताले नै जोगाए पीडकलाई !

राजविराज : बलात्कारका घटना बढिरहँदा आफ्नै अभिभावक तथा शिक्षकबाट समेत बालिकाहरु बलात्कृत तथा यौन दुव्र्यवहारको शिकार बन्ने गरेका समाचार सार्वजनिक हुन थालेका छन् ।

हालै सप्तरीमा महिनौंदेखिको शोषणको समाचार सार्वजनिक भएको छ । पीडित बालिकाले हिम्मत गरेर आफूमाथि भएको शोषण सार्वजनिक गर्दै उजुरी नै गरिन् ।

महिनौं दिनदेखि विद्यालयले नै ढाकछोप गर्दैआएको उक्त घटना बाहिरिपछि एक शिक्षक पक्राउ परे । पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले बाल यौन दुव्र्यवहारको उजुरी दर्ता गरी बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय शिक्षक पशुपतिकुमार यादवलाई पक्राउ गरेको हो । अर्का शिक्षक सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव फरार रहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभुत विद्यालय भेडियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले विद्यालयमा पढ्न जाने छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने पीडित बालिकाले बताएकी छन् ।

Mahakali Polytechnic

यौन दुव्र्यवहारको उजुरी परेपछि वास्तविकता बुझ्न सप्तरी प्रहरी प्रमुख एसपी मनोजकुमार यादव घटना अनुसन्धान गर्न पुगेका थिए । उजुरी दिने बालिकाका साथै अन्य सातजना बालिकाले समेत एसपी यादवसमक्ष आरोपितहरुविरुद्ध किटानी वयान दिएपछि कारवाही प्रक्रिया अगाडि बढेको हो । उजुरी दर्तासँगै पशुपतिलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

World Link Ads

विद्यालयमा अध्ययनरत छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा पढाउने शिक्षकद्वयले संवेदनशील अंगहरु समात्ने, छुने, चिमोटने, लुगा तान्ने, गाला जोडने जस्ता यौन दुव्र्यवहार गर्दैआएको पीडित बालिकाहरुले बताएका छन् ।

पीडकलाई विद्यालय र जनप्रतिनिधिले नै संरक्षण दिए

Sana Kishan

पीडित छात्राहरुले अभिभावकलाई घटनाबारे जानकारी गराएपछि गत चैत १३ गते विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र स्थानीय जनप्रतिनिधीसहित गाउँमै बैठक बसेको थियो ।

बैठकले उनीहरुलाई १५ दिनभित्र सरुवा भइ अन्यत्र जान निर्देशन दिएको थियो । कारवाही भइ सजाय भोग्नुपर्ने आरोपित शिक्षकहरुले दुई महिनाभित्र सरुवा भएर जाने समय माग गरेकोमा प्रधानाध्यापक रमानन्द चौधरीसहित स्थानीय जनप्रतिनिधिहरुले समेत सहमति जनाएपछि कारवाहीको साटो सरुवामा नै चित्त बुझाउन बाध्य भएको अभिभावकहरु बताउँछन् ।

दुई महिनापछि सरुवाको साटो खुट्टा ढोगेर शिक्षकहरु माफी माग्न आएपछि अभिभावकहरुले नमान्दा घटना बाहिर आएको हो । घटनालाई ढाकछोप गर्न प्रधानाध्यापक, शिक्षकहरु र राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु संलग्न रहेको पीडितका अभिभावकहरुले आरोप लगाएका छन् । पिडितहरुले आरोपितहरुलाई कारवाही गर्न प्रधानाध्यापक चौधरीलाई पटक–पटक भने पनि संरक्षण गरी जोगाउन खोजेको बताए ।

अध्यापनरत निमावि राहत शिक्षकद्वयले बालबालिका हिंसासम्बन्धी कुनै अनैतिक कार्य गरेमा त्यसै दिनदेखि अवकाश दिने लिखित निर्णय समेत अर्को एक भेलाले गरेको प्रमाण सुरक्षित रहेको स्थानीय बाल क्लबले जनाएको छ । आफ्ना छात्राहरुलाई बाल यौन दुव्र्यवहार गरेको आरोप लागेका शिक्षकहरुले भने आरोप निराधार रहेको बताउँदैआएका छन् ।

#अन्नपुर्णा_पाेस्ट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.