सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकारले जनताका अधिकार खोस्दै गए आन्दोलन गर्छौ- देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताका अधिकार खोस्दै गए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले भने, ‘कम्युनिष्ट सरकारबाट मुक्ति पाउन आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ। तयार रहनुपर्छ। त्यसका लागि पार्टी एक हुनु जरुरी हुन्छ।’ सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको बताउदै भने, ‘सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्यो। प्रेस काउन्सिलमाथि धावा बोलेको छ। मानब अधिकार आयोगमाथि पूर्ण हस्तक्षेप गर्न खोजेको छ,’ देउवाले भने, ‘प्रेसमाथि हस्तक्षेप भनेको प्रजातन्त्रमाथिको हस्तक्षेप हो। कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको हो।’
वाक् स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा विगतमा कांग्रेसले राणा, राजा र पञ्चायत हटाएको बताउदै देउवाले प्रधानमन्त्री ओलीलाई जनताका अधिकार, न्यायालय, प्रेस, मानब अधिकार आयोगमाथि हस्तक्षेप नगर्न आग्रह गरे।

सभापति देउवाले कांग्रेसलाई हराउने अरु कोही नभएर कांग्रेस नै भएको भन्दै चुनावका बेला अन्तरघात गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds