सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो ‘औकात’ देखाइदिएपछि सिद्धूको रिस आकाशियो

चण्डीगढ। भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको मोगा र्यालीमा भाषण गर्न नपाएपछि स्थानीय विकास मन्त्री नवजोत सिंह सिद्धूको पारो तातेको छ । सिद्धूले भने ‘यदि म राहुलको र्यालीमा बोल्नको लागि ठिक छैन भने म एक वक्ता र प्रचारकको रुपमा पनि ठिक छैन । भोलिका दिनमा मलाई बोल्न बोलाइन्छ कि बोलाइँदैन भन्ने थाहा छैन तर यो र्यालीले मेरो औकात देखाइदिएको छ ।’

सिद्धूले भने ‘२००४ मा पनि बादलको र्यालीमा मलाई बोल्न दिइएको थिएन । त्यसपछि यो पहिलो पटक हो जब मलाई भाषण गर्न दिइएन ।’ सिद्धूले आफू बालाकोट आक्रमणको विषयमा प्रधानमन्त्री मोदीविरुद्ध आक्रामक भाषण गर्ने तयारी गरेर आएको बताए ।’ र्यालीको आयोजना मन्त्री सुखवीर सिंह रंधावाले गरेका थिए । उनले राहुललाई कांगडा र्यालीमा जान ढिलो हुने ठानेर धेरैलाई बोल्न नदिइएको बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.