डडेल्धुरा । डडेल्धुराको प्रसिद्ध धार्मिक स्थल जगन्नाथ देवताको मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु भएको छ। अजयमेरु गाउँपालिका–३ र ४ को सीमानामा रहेको मन्दिरमा बुधबार राति ‘रतेडी’ र बिहीबार दिउँसो ‘दिउसेडी’ मेला लाग्ने भएको छ।
स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले चिनिने यस मेलामा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्नेलाई ‘दिउसेडी’ भन्ने गरिन्छ। गुनपाल, चौडी, चिपुर र मड गरी चार गाउँबाट बाजागाजासहित देउरो मन्दिरमा ल्याएर जात्रा सुरु गर्ने परम्परा छ।
मेलाको मुख्य दिन जगन्नाथ देवताको पूजाआजा तथा प्रसादका रूपमा ‘तिलाख’ ग्रहण गर्न भक्तजनको भीड लाग्ने गर्दछ। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समेत श्रद्धालुहरू दर्शनका लागि पुग्ने गरेका छन्।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलालाई मर्यादित र व्यवस्थित बनाउन मन्दिर तथा मेला परिसरमा मदिरा बिक्रीवितरण र सेवन तथा जुवातास खेल्न पूर्ण प्रतिबन्ध लगाइएको छ।










Discussion about this post