Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ९, २०८३
एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणदेखि नै ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ। यसका लागि चौथो संस्करणदेखि दुईदेखि तीनवटा क्रिकेट मैदान प्रयोग गर्ने विषयमा छलफल सुरु भएको छ।

एनपीएलको तेस्रो संस्करण गत शनिबार सम्पन्न भएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मंगलबार फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो। छलफलमा प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै विभिन्न सहरमा खेल सञ्चालन गर्ने सम्भावनाबारे परामर्श गरिएको थियो।

प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै फ्रेन्चाइज टोलीका आफ्नै सुविधासम्पन्न क्रिकेट रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणालाई कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले तयारी अघि बढाएको हो।

छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटा रङ्गशाला निर्माण गर्नुभन्दा व्यावहारिक योजना बनाएर चरणबद्ध रूपमा काम अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले चौथो संस्करणदेखि दुईदेखि तीनवटा मैदानमा खेल सञ्चालन गर्दै पाँचौँ र छैटौँ संस्करणसम्म सबै टोलीका घरेलु मैदान तयार गर्ने लक्ष्य राख्नुपर्ने धारणा राख्नुभयो।

बैठकमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरी कम लागतमा कीर्तिपुर, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला १० महिनाभित्र तयार गर्न सकिने प्रस्ताव प्रस्तुत गर्नुभयो।

त्यसैगरी, आगामी संस्करणमा बिहानका खेल मूलपानी क्रिकेट मैदानमा र साँझका खेल फ्लडलाइटको व्यवस्थासहित कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन गर्न सकिने विकल्प पनि छलफलमा प्रस्तुत गरिएको थियो।

यसका लागि कीर्तिपुर मैदानलाई व्यवस्थित बनाउनुका साथै मूलपानी र चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण तथा पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने सुझाव दिइएको छ।

‘होम एन्ड अवे’ प्रणाली लागू भएमा एनपीएलका खेल विभिन्न सहरमा सञ्चालन हुनेछन्। यसले स्थानीय दर्शकको सहभागिता बढाउनुका साथै नेपाली क्रिकेटको पूर्वाधार र व्यावसायिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

मंसिर ९, २०८३
सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो
अर्थतन्त्र

सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो

मंसिर ९, २०८३
दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो
खेलकुद

दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो

मंसिर ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

मंसिर ९, २०८३
एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

मंसिर ९, २०८३
सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो

सुन तोलामै ६ हजार ५०० रुपैयाँ सस्तियो

मंसिर ९, २०८३
दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो

दुई हार र एक जितसँगै नेपालको एशिया कप यात्रा टुङ्गियो

मंसिर ९, २०८३
दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेलको प्रतिस्पर्धा, सुदूरपश्चिमका टोली पनि मैदानमा

दशौँ राष्ट्रिय खेलकुदमा आज पाँच खेलको प्रतिस्पर्धा, सुदूरपश्चिमका टोली पनि मैदानमा

मंसिर ९, २०८३
सुदूरपश्चिममा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

सुदूरपश्चिममा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

मंसिर ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व