Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशील समुदाय निर्माणका लागि साझा धारणा र कार्यदिशा तय गर्दै छैटौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ। वेदकोट नगरपालिकाको आयोजना तथा विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित सम्मेलनले १३ बुँदे ‘वेदकोट घोषणापत्र’ जारी गरेको छ।

‘उत्थानशीलता घरबाटै सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा कञ्चनपुर जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, गैरसरकारी संस्था, सुरक्षा निकाय, विकास साझेदार तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनमा जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा दिगो विकासका विषयमा छलफल गरिएको थियो।

सम्मेलनको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् जोखिम न्यूनीकरण र उत्थानशील समुदाय निर्माणको अभियान घरपरिवारबाटै सुरु हुनुपर्ने बताउनुभयो। उहाँले विकास निर्माणका योजना वातावरणमैत्री र विपद् प्रतिरोधी बनाउनुपर्नेमा जोड दिँदै विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले आवश्यक नीति, बजेट तथा प्राविधिक सहयोगमार्फत स्थानीय तहलाई साथ दिने उहाँको भनाइ थियो।

बाइट : खगराज भट्ट
मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद्सम्बन्धी सचेतना र पूर्वतयारीलाई विद्यालयदेखि समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्न नसकिएको बताउनुभयो। पूर्वसूचना प्रणालीमार्फत पठाइने एसएमएसलाई नागरिकले बेवास्ता गर्ने प्रवृत्ति चुनौतीका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले मोबाइलमा ठूलो आवाज र कम्पनसहित सूचना प्रवाह गर्ने सेल ब्रोडकास्टिङ प्रणालीको परीक्षण सफल भएको जानकारीसमेत दिनुभयो।

बाइट : डा. धर्मराज उप्रेती
कार्यकारी प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

सम्मेलनको व्यवस्थापकीय साझेदार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउन सम्मेलन महत्त्वपूर्ण मञ्च बनेको बताउनुभयो। विपद् व्यवस्थापनका असल अभ्यास, अनुभव र सिकाइ आदानप्रदान गर्दै साझा योजना तथा कार्यदिशा निर्माण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।

बाइट : अशोक विक्रम जैरु
कार्यकारी निर्देशक, नेपाल राष्ट्रिय समाज कल्याण संघ

विगत केही वर्षदेखि मेयर्स फोरमको स्वरूपमा आयोजना हुँदै आएको कञ्चनपुर सम्मेलन विपद् व्यवस्थापन, जलवायु अनुकूलन तथा दिगो विकासका विषयमा नीतिगत संवाद र अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित हुँदै आएको छ। यसअघि भीमदत्त, पुनर्वास, दोधारा चाँदनी, लालझाडी र वेदकोटमा सम्मेलनका विभिन्न संस्करण आयोजना भइसकेका छन्।

बाढी, डुबान, नदी कटान तथा जलवायु परिवर्तनका असरको उच्च जोखिममा रहेको कञ्चनपुरमा विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास र प्रभावकारी पूर्वतयारी आवश्यक रहेको सम्मेलनले निष्कर्ष निकालेको छ। महाकाली, जोगबुढा, दोदा, चौधर, बनरा, सुनबरा र स्यालीलगायतका नदीबाट बर्सेनि हुने क्षति न्यूनीकरण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु
कला/संस्कृति

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड
फ्ल्यास हेडिङ

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी
स्वास्थ्य

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

मंसिर ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

डडेल्धुराको जगन्नाथ मन्दिरमा परम्परागत ‘खोलेइ जाँत’ सुरु

मंसिर ९, २०८३
भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

भारतमा नेपाली साहित्यकार हेमबाबुलाई अन्तर्राष्ट्रिय कला अवार्ड

मंसिर ९, २०८३
जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा साझा प्रतिबद्धता, १३ बुँदे वेदकोट घोषणापत्र जारी

मंसिर ९, २०८३
प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

प्यान्क्रियाटिक क्यान्सर उपचारमा नयाँ आशा, नयाँ औषधि प्रभावकारी

मंसिर ९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

भोटेकोशी बाढीपीडितलाई राहत वितरणमा ढिलाइ नगर्न सरकारको आग्रह

मंसिर ९, २०८३
एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

एनपीएलमा चौथो संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

मंसिर ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व