काठमाडौं । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
भारतको राजधानी नयाँदिल्लीमा नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि मोदीले उक्त सहयोगको घोषणा गरेका हुन्।
वार्ताका क्रममा मोदीले भारत सधैँ नेपालको सुख–दुःखमा साथमा रहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि नेपालले भारतसँग २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको थियो। नेपालले उक्त रकममध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र १ खर्ब रुपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अनुरोध गरेको थियो।
नेपालको आर्थिक सहयोगसम्बन्धी प्रस्तावपछि भारतले सहयोग घोषणा गरेको हो।
यस सहयोगले नेपालको विकास निर्माण तथा आर्थिक गतिविधिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post