Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ३, २०८३
पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आगामी पुस २ गतेदेखि थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ। पुरानो प्रविधिलाई विस्थापित गर्दै आधुनिक प्रविधिको विस्तार गर्ने योजनाअनुसार कम्पनीले थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो।

एनसेलले बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइटसमेत एक महिनाभित्र बन्द गर्ने तयारी गरेको छ। कम्पनीका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन्। अब बाँकी २ हजार १३७ वटा साइटमा पनि सेवा बन्द गरिनेछ।

कम्पनीले थ्रीजी सेवा बन्द गर्ने कार्यलाई चार चरणमा सम्पन्न गर्ने जनाएको छ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइट बन्द गरिनेछन्। दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका साइट बन्द हुनेछन्।

त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी स्थानसहित चितवनमा सेवा बन्द गरिनेछ। अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट बन्द गरिने कम्पनीले जनाएको छ।

२०७४ सालमा सुरु भएको एनसेलको थ्रीजी सेवा बन्द भएपछि ग्राहकले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत उच्च गुणस्तरको आवाजमा कुराकानी गर्न सक्नेछन्। यस प्रविधिबाट फोनमा कुरा गरिरहँदा पनि फोरजी इन्टरनेट प्रयोग गर्न सकिनेछ।

भोल्टे सेवा प्रयोग गर्न ग्राहकसँग फोरजी सिम र उक्त प्रविधिलाई समर्थन गर्ने मोबाइल हुनुपर्नेछ। एनसेलले थ्रीजी सेवा बन्द भएपछि पनि आधारभूत दूरसञ्चार सेवाबाट ग्राहक वञ्चित नहुन् भन्ने उद्देश्यले टुजी नेटवर्क उपलब्ध रहने जनाएको छ। टुजीमार्फत ग्राहकले सामान्य भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार हाल एनसेलको फोरजी सेवा नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ। तर, सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन्।

थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई पर्न सक्ने असुविधा कम गर्न एनसेलले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ। ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्री केन्द्रमा गएर आफ्नो सिम अपग्रेड गर्न सक्नेछन्। फोरजी सिम लिँदा सात दिन समयावधि भएको २ जीबी डेटा पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ।

थ्रीजी सेवा बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्कको क्षमता अभिवृद्धि तथा सेवा गुणस्तर सुधारमा प्रयोग गरिने एनसेलले जनाएको छ। यसले भविष्यमा फाइभजी प्रविधि भित्र्याउन आवश्यक पूर्वाधार तयार गर्नसमेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह
अन्तर्राष्ट्रिय राजनीति

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने
फ्ल्यास हेडिङ

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन
फ्ल्यास हेडिङ

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मंसिर ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मंसिर ३, २०८३
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

मंसिर ३, २०८३
प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

मंसिर ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व