Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणमा रहेका गृहमन्त्री सुदन गुरुङले दुबईमा नेपाली नागरिकलाई ठगी गर्ने नेपालीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरी देशको प्रतिष्ठामा आँच पुर्‍याउने जोकोहीलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा सहभागी नेपालीहरूले दुबईमा नेपालीबाटै नेपाली ठगिने क्रम बढिरहेको र यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकिएको भन्दै गुनासो गरेका थिए।

सो अवसरमा दुबईका लागि नेपाली महावाणिज्यदूत हरि ओडारीले विदेशमा ठगी गतिविधिमा संलग्न नेपालीलाई कारबाही गर्ने विषयमा नैतिक सङ्कट हुने गरेको बताएका थिए। राजनीतिक नेतृत्वबाट स्पष्ट निर्देशन प्राप्त भए त्यस्ता व्यक्तिलाई तत्काल कारबाहीको दायरामा ल्याउन सकिने उनको भनाइ थियो।

महावाणिज्यदूत ओडारीको भनाइपछि गृहमन्त्री गुरुङले नेपालीलाई नै ठगी गरेर नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने व्यक्तिमाथि कारबाही गर्न किन हिचकिचाउने भन्दै प्रश्न गरेका थिए। उनले नेपाली नागरिकलाई ठगी गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशनसमेत दिएका छन्।

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन यूएई पुगेका गृहमन्त्री गुरुङले भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।

आफ्नो औपचारिक भ्रमण सम्पन्न गरी गृहमन्त्री गुरुङ स्वदेश फर्किएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द
फ्ल्यास हेडिङ

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह
अन्तर्राष्ट्रिय राजनीति

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने
फ्ल्यास हेडिङ

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

पुस २ देखि एनसेलको थ्रीजी सेवा बन्द

मंसिर ३, २०८३
तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको चिनियाँ राजदूतसँग आग्रह

मंसिर ३, २०८३
दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

दोस्रो क्वालिफायरमा चितवनको ब्याटिङ, सुदूरपश्चिमले पहिले बलिङ गर्ने

मंसिर ३, २०८३
दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

दुबईमा नेपालीलाई ठग्ने नेपालीमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

मंसिर ३, २०८३
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोली सहभागी हुने

मंसिर ३, २०८३
प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से ०.७५ अंकले घट्यो

मंसिर ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व