काठमाडौं । आज र भोलि देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, शनिवार र आइतवार भने देशका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
हाल बिहान तराईका केही स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ। आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
त्यस्तै, भोलि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शनिवार कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, आइतवार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। मधेश प्रदेशका पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।










Discussion about this post