Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २७, २०८३
बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको प्रसिद्ध धार्मिकस्थल शिवनाथ देवालयमा यही कात्तिक ३० गते परम्परागत जात्रा लाग्ने भएको छ।

शिवनाथ मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल सप्तमीको राति रतेडी तथा अष्टमीको बिहान दिसेडी मेला लाग्ने गर्दछ। मेला व्यवस्थापन समितिका अध्यक्ष कर्ण सिंह धनाडीका अनुसार यस वर्ष पनि परम्परागत विधिअनुसार जात्रा सञ्चालन गरिनेछ।

शिवनाथ गाउँपालिका–६ मा अवस्थित प्रसिद्ध शिवनाथ मन्दिरमा मेला सुरु हुनुअघि धामी तथा पुजारीले स्थानीय भानमती धारामा स्नान गरी आएपछि पूजाआजा र अन्य धार्मिक विधिसहित जात्रा शुभारम्भ गर्ने परम्परा रहेको छ।

जात्रामा छिमेकी मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाट दमाहा बजाउँदै विभिन्न समूह आउने गरेका छन्। त्यसैगरी पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, डडेल्धुराको अजयमेरु तथा भागेश्वर गाउँपालिकासहित भारतको उत्तराखण्ड राज्यबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु तथा दर्शनार्थी सहभागी हुने गरेका छन्।

शिवनाथ मन्दिरमा असोज र चैतको नवरात्रसँगै असार तथा साउन महिनामा पनि विभिन्न धार्मिक मेला लाग्ने गर्दछ। तर कात्तिक शुक्ल सप्तमी र अष्टमीका दिन लाग्ने जात्रा विशेष महत्त्वको मानिन्छ। यस अवसरमा खेलिने परम्परागत छालाको गिर खेलका कारण मेलामा दर्शनार्थीको बढी भीड लाग्ने गरेको छ।

शिवनाथ गाउँपालिका–५ कफाडीबाट सामूहिक देउरोसहित छालाबाट बनेको भकुन्डो (गिर) खेल्दै जात्रामा सहभागी हुने परम्परा रहेको छ। सामूहिक रूपमा गिर खेल्दै जाने दृश्य जात्राको मुख्य आकर्षण बन्ने गरेको वडा नम्बर ५ का अध्यक्ष केशवबहादुर चन्दले बताए।

जात्राका अवसरमा स्थानीय उत्पादन तथा परम्परागत वस्तुको व्यापारसमेत हुने गर्दछ। मेलामा स्थानीय खानाका परिकार, बाँस तथा चोयाबाट निर्मित डोको, डालो र कृषि प्रयोजनका हँसिया, कुटो, कोदालोलगायत सामग्रीको किनबेच हुने गरेको छ।

धार्मिक आस्था, मौलिक संस्कृति र परम्परासँग जोडिएको शिवनाथ जात्राले स्थानीय कला, संस्कार र सामाजिक सद्भावको संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक
खेलकुद

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो
खेलकुद

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह
अन्तर्राष्ट्रिय राजनीति

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

एनपीएलमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, प्लेअफ दौड थप रोमाञ्चक

कार्तिक २७, २०८३
बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

बैतडीको प्रसिद्ध शिवनाथ मन्दिरमा कात्तिक ३० गते भव्य जात्रा हुने

कार्तिक २७, २०८३
विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व