Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २३, २०८३
युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत १९औँ खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ। ओपनर युवराज समराको शतकीय पारी र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रन बनाएको हो।

त्रिवि क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पोखराका लागि युवराजले सर्वाधिक १०२ रन बनाए। उनले ४८ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै उत्कृष्ट शतकीय पारी खेले।

युवराज र कुशल भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। कुशलले ३९ बलमा ७ छक्कासहित ६२ रन बनाए। पोखराका मेहेदी हसन ५ रनमा आउट भए भने सन्नी विक ३ र कप्तान चमिका करुणारत्ने ३५ रनमा अविजित रहे।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए।

पोखराले बनाएको २१७ रन यस संस्करणको हालसम्मकै उच्च योगफल हो। पोखरा र कर्णाली दुवैका लागि यो पाँचौँ खेल हो।

यसअघिका चार खेलमा लगातार हार बेहोरेको पोखरा पहिलो जितको खोजीमा छ। आजको खेलमा पनि पराजित भए पोखरा आधिकारिक रूपमा प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्नेछ।

पोखराले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेट, दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ९ रन, तेस्रो खेलमा लुम्बिनी लायन्ससँग ८ विकेट र चौथो खेलमा चितवन राइनोजसँग ३० रनले हार बेहोरेको थियो।

यता कर्णाली याक्सले सुरुवाती दुई खेलमा जित निकाले पनि पछिल्ला दुई खेलमा पराजय भोगेको छ। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। तर, तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग ४ विकेट र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने
फ्ल्यास हेडिङ

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

कार्तिक २३, २०८३
लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात
अर्थतन्त्र

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

कार्तिक २३, २०८३
तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड
कला/संस्कृति

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

कार्तिक २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

कार्तिक २३, २०८३
युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

कार्तिक २३, २०८३
लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

कार्तिक २३, २०८३
तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

कार्तिक २३, २०८३
नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

कार्तिक २३, २०८३
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध,

कार्तिक २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व