काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।










Discussion about this post