काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम प्रतिकूल हुन सक्ने भन्दै अनावश्यक लामो दूरीको यात्रा तथा पदयात्रा नगर्न र किसानलाई पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सुझाव दिइएको छ।
चक्रवातको प्रभाव शनिबारसम्म रहने र त्यसपछि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।










Discussion about this post