काठमाडौं । साउदी अरबमा सुरक्षा जोखिम बढेको भन्दै नेपाली राजदूतावास रियादले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ।
दूतावासले सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा सुरक्षा निकाय र आधिकारिक निकायबाट जारी निर्देशन पालना गर्न अनुरोध गरेको हो।
त्यस्तै, सामाजिक सञ्जालमा फैलिने भ्रामक तथा अपुष्ट सूचना, तस्वीर र भिडियो पोस्ट वा शेयर नगर्न पनि दूतावासले सचेत गराएको छ।
हवाई यात्रा गर्ने नेपालीलाई उडान तालिकामा भएको परिवर्तनबारे सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
आपत्कालीन अवस्था वा समस्या आइपरेमा रियादस्थित नेपाली दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
साउदी अरबमा करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ। पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहबाट साउदी अरबका विमानस्थल, तेल केन्द्र तथा अन्य महत्त्वपूर्ण संरचनामा आक्रमण भइरहेको विवरण सार्वजनिक भएका छन्।











Discussion about this post