काठमाडौं । इंग्ल्याण्डका क्रिकेटर डेभिड मलानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन्।
चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार मलानलाई टोलीमा पुनः आबद्ध गरिएको हो। उनले अघिल्लो संस्करणको एनपीएल पनि चितवनबाटै खेलेका थिए।

इंग्ल्याण्डले सन् २०२२ मा टी–२० विश्वकप जित्दा मलान टोलीका सदस्य थिए। उनी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष स्थानमा समेत पुगिसकेका छन्।
एनपीएलमा आज चितवन राइनोजले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ।










Discussion about this post