काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी सातादेखि नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद् डा. विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा लामो समयसम्म वर्षा हुन सक्ने संकेत देखाएका छन्। केही स्थानमा भारी वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना पनि रहेको छ।
विभिन्न मोडेलले वर्षाको स्थान र मात्राबारे फरक–फरक अनुमान गरेकाले कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने अहिले नै यकिन गर्न कठिन रहेको पोखरेलले बताएका छन्। मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले पछिल्ला अपडेटमा ध्यान दिन उनले आग्रह गरेका छन्।

सम्भावित वर्षालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन सुझाव दिइएको छ। सम्भव भए मंगलबारअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि मात्र काट्ने व्यवस्था मिलाउन उनले आग्रह गरेका छन्।
केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेकाले किसानलाई थप सतर्कता अपनाउन सुझाव दिइएको छ। यस्तै, हिमाली क्षेत्रमा यात्रा तथा पदयात्रा गर्नेहरूले पनि मौसमको पूर्वानुमान र आधिकारिक सूचनालाई ध्यानमा राखेर यात्रा योजना बनाउनुपर्नेछ।
सम्भावित वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न किसान, यात्रु तथा सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्ला सूचनाबारे जानकारी राख्न आग्रह गरिएको छ।










Discussion about this post