महोत्तरी । बडादशैँको विजयादशमीका अवसरमा मधेशका विभिन्न स्थानमा जात्रा पर्व मनाइएको छ। यस अवसरमा दुर्गा माताको प्रतिमालाई परम्परागत रूपमा बिदाइ गर्दै विसर्जन गर्ने क्रम सुरु भएको छ।
बुधबार मधेशका गाउँ तथा देवस्थलमा स्थापना गरिएका दुर्गा माताका प्रतिमालाई शुभयात्राको कामनासहित विधिपूर्वक बिदाइ गरिएको हो। जात्राका दिनलाई नवदुलही माइतीबाट ससुराली जाने शुभ दिनका रूपमा समेत लिने परम्परा रहेको छ। यस दिनदेखि माटोका प्रतिमालाई नजिकैका जलाशयमा लगेर विसर्जन गर्ने चलन छ।

यद्यपि, महोत्तरीको गौशालामा भने दुर्गा माताको विधिपूर्वक बिदाइ गरिए पनि प्रतिमा विसर्जन पूर्णिमाका दिन मात्र गरिने मेला समितिका अध्यक्ष धीरज शाहले जानकारी दिएका छन्। यहाँ वर्षौँदेखि पूर्णिमाका दिन प्रतिमा विसर्जन गर्ने परम्परा रहँदै आएको छ।
गौशाला नगरपालिका–५ मा करिब २०० मिटरको दूरीमा रहेका दुई छुट्टाछुट्टै स्थानमा दुर्गा माताका प्रतिमा स्थापना गरी भव्य मेला आयोजना गरिएको छ।










Discussion about this post