Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। मध्यपुर थिमिस्थित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको मोडुलर आईसीयू सेवा सञ्चालनमा आएको छ। बिहीबार आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त सेवाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले निर्वाचनका बेला गरिएको प्रतिबद्धताअनुसार अस्पतालको सेवा र पूर्वाधार विस्तार गरिएको बताए। पछिल्लो चार वर्षमा अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक, डायलासिस र मोडुलर आईसीयू सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले छिट्टै मुटुरोग उपचार सेवा पनि सुरु गर्ने जानकारी दिए।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मोडुलर आईसीयू सेवा सञ्चालनसँगै सघन उपचार आवश्यक पर्ने बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता कम हुने बताए। विगतमा आर्थिक समस्यामा रहेको अस्पताल अहिले सेवा विस्तारसँगै सुधार हुँदै गएको उनको भनाइ थियो।

जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले नगर अस्पतालमै सघन उपचार सेवा उपलब्ध हुनु स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि महत्वपूर्ण भएको बताइन्।

अस्पतालका कार्यकारी निर्देशक डा. डिके रोशनका अनुसार आधुनिक उपकरणसहितको मोडुलर आईसीयूले बिरामीको उपचारलाई व्यवस्थित बनाउनुका साथै संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउँछ। उनका अनुसार सरकारी अस्पतालमध्ये भक्तपुर जिल्लामा मोडुलर आईसीयू सेवा सञ्चालन गर्ने यो पहिलो अस्पताल हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेका अनुसार दुई करोड २८ लाख रुपैयाँको लागतमा स्थापना गरिएको मोडुलर आईसीयूमा १५ शय्या रहेका छन्। अस्पताल प्रशासन अधिकृत रुपेश श्रेष्ठका अनुसार अस्पतालको बहिरंग सेवामा दैनिक औसत एक हजार दुई सय बिरामी आउने गरेका छन्।

यसैबीच, दक्षिण कोरिया सरकारमार्फत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा अस्पतालको सुविधासम्पन्न भवन निर्माण भइरहेको छ। उक्त भवन निर्माणमा करिब एक अर्ब २५ करोड रुपैयाँ लागत लाग्ने जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा
फ्ल्यास हेडिङ

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल
फ्ल्यास हेडिङ

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै
फ्ल्यास हेडिङ

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३
शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व