कञ्चनपुर । भारततर्फ लैजाँदै गरिएका हुम्लाका २५ जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनबासा नाकाबाट फिर्ता गरेको छ। बिहीबार बिहान १० वर्षमुनिका बालबालिकालाई भारत प्रवेश गर्न लाग्दा फिर्ता गरिएको हो।
प्रहरीका अनुसार ती बालबालिका हुम्लाको सिमकोट गाउँपालिकाका हुन्। उनीहरूलाई एसएसबीले बनबासा नाकाबाट फिर्ता गरेपछि अहिले कञ्चनपुरको गड्डाचौकी प्रहरीको सम्पर्कमा राखिएको छ।

कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार बालबालिकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याउने प्रक्रिया अघि बढाइएको छ।
बालबालिकालाई भारततर्फ लैजानुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी राउतले जानकारी दिएका छन्। उनीहरूलाई कसले र कुन उद्देश्यले भारत लैजान लागेको थियो भन्ने विषयमा अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।










Discussion about this post