कञ्चनपुर । नेपाल इमर्जिङ युथ कञ्चनपुरले महाकाली अप्टिकल एण्ड केयर सेन्टर महेन्द्रनगरको प्राविधिक सहयोगमा रौटेला वृद्धाश्रममा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
सोमबार आयोजित कार्यक्रममा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको आँखा जाँच, रक्तचिनी र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यकताअनुसार आँखाको औषधि वितरण र फलफूल प्रदान गरिएको आयोजकले जनाएको छ ।

नेपाल इमर्जिङ युथका अध्यक्ष उज्ज्वल सिंह महताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मी अनिल साउद र योगेन्द्र अवस्थीलगायत महाकाली अप्टिकल एण्ड केयर सेन्टरको टोलीले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राविधिक सहयोग गरेको थियो ।
ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति ध्यान दिँदै उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।











Discussion about this post