महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा आयोजित तेस्रो बासुदेव स्मृति अन्तरमाध्यमिक विद्यालयस्तरीय यू–१६ फुटबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। असोज २५ गते आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यतामा विशेष समारोहबीच प्रतियोगिताको समापन गरिएको हो।

प्रतियोगितामा ३२ वटा विद्यालयका टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री सरस्वती माध्यमिक विद्यालय, झरनासागरले विजेताको उपाधि हात पारेको छ। त्यस्तै, ओम पुष्पाञ्जली सेकेन्डरी स्कुल, दोधारा उपविजेता बनेको छ।
युवा खेलाडीको प्रतिभा पहिचान, विद्यालयस्तरमा फुटबल खेलको विकास तथा खेलकुदप्रति विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
समापन समारोहमा प्रमुख अतिथिसहित विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालयका प्रतिनिधि, खेलप्रेमी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको प्रवर्द्धन तथा नयाँ प्रतिभा उत्पादनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।










Discussion about this post